logo
२०८१ बैशाख २७ बिहीवार



संसद बैठक पन्ध्र मिनेटका लागि स्थगित, एमाले सांसदद्वारा नाराबाजी

पढ्नै पर्ने |


संसद बैठक पन्ध्र मिनेटका लागि स्थगित,  एमाले सांसदद्वारा नाराबाजी
तस्बिरः विकास द्वारे


गोरखापत्र अनलाइन
काठमाडौं, भदौ २३ गते । प्रतिनिधिसभा बैठक पन्ध्र मिनेटका लागि स्थगित भएको छ । अपरान्ह ४ बजे शुरु भएको बैठकमा नेकपा (एमाले) का सांसदहरुले आफ्नो माग सम्बोधन गर्न माग गर्दै नाराबाजी गर्नुभएपछि बैठक पन्ध्र मिनेटका लागि स्थगित भएको सभामुख अग्निप्रसाद सापकोटाले बैठकलाई जानकारी गराउनुभयो ।
सो अघि एमालेका प्रमुख सचेतक विशाल भट्टराईले  एमाले कारवाही गरेका सांसदकाे सूचना जारी नगरेकाे  भन्दै सभामुखले त्यसकाे जवाफ नदिएसम्म संसद बैठक अघि बढ्न नदिने बताउनुभयो । बैठक सुचारु हुनासाथ एमाले प्रमुख सचेतक भट्टराईले सो भनाइ राख्दै संसद बैठक सुचारु हुन नसक्ने बताउनुभयो ।
जवाफमा सभामुख अग्निप्रसाद सापकोटाले संसद नियमावली २०७५ को नियम २१ खण्ड (ख) र (ग) अनुसार आफूले कदम चालेको बताउनुभयो । सो व्यवस्था अध्ययन गर्न उहाँले एमाले सांसदहरुलाई आग्रह गर्नुभयो । संसदको गरिमा र मर्यादाबाहिर नजान पनि उहाँले  सांसदहरुलाई आग्रह गर्नुभयो । बैठक कक्षमा सांसदहरुले नाराबाजी शुरु गरेपछि बैठक १५ मिनेटका लागि स्थगित गरिएको उहाँले जानकारी दिनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?