logo
२०८१ बैशाख १३ बिहीवार



पोखरामा जीप दुर्घटनामा आठ जनाको मृत्यु , एक घाइते

पढ्नै पर्ने |


पोखरामा जीप दुर्घटनामा आठ जनाको मृत्यु , एक घाइते
दुर्घटनामा क्षतिग्रस्त जीप


होमराज रानाभाट
पोखरा असोज २५ गते । पोखरा–पर्यटकीय गाउँ घान्द्रुकमा केहीबेर अघि जीप दुर्घटना हुँदा जीप चालक खुशीमान क्षेत्रीसहित आठ जनाको घटनास्थलमै मृत्यु भएको छ  । पोखरास्थित हरिचोकबाट छुटेको ग १ ज ६९०० नम्बरको बोलेरो जीप घान्द्रुकको कलाभीरमा दुर्घटनामा परेको हो ।

जीपमा चालकसहित १० जना यात्रु सवार रहेकाे गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक नरबहादुर केसीले बताउनुभयाे ।  

एक जना भीरमा अड्किएको अवस्थामा भेटिएका थिए । उनको अवस्था सामान्य रहेको छ । अहिले घटनास्थलमा स्थानीयबासी र प्रहरीले उद्धार गरिरहेको छ । घान्द्रुकको कलाभीर भन्ने स्थानबाट जीप तल मोदी खोलामा पुगेको प्रत्यक्षदर्शीले बताएका छन् ।

कलाभीरमा निकै अप्ठेरो बाटो छ । मृतकको सनाखत हुन सकेको छैन । यद्यपि दशैंको छुट्टिमा पदयात्रामा हिँडेकाहरु दुर्घटनामा परेको हुन् । उनीहरु काठमाडौंबाट घान्द्रुक घुम्न आएका थिए । अहिले उद्धार कार्य जारी रहेकाले थप विवरण आउन बाँकी छ ।

घटनास्थल पुगेको प्रहरीले लाशको मुचुल्का उठाई परीक्षणका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्चाल क्षेत्रीय अस्पताल पोखरामा ल्याउने तयारी गरेको छ । मृतकको शव क्षतविक्षत भई चिन्नै नसकिने अवस्थामा रहेको प्रहरीले बताएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?