logo
२०८१ बैशाख ८ शनिवार

  नेपालगञ्ज विमानस्थल बँदेल प्रकरण  



विमानमा तीन बँदेल ठाेकिएका थिए, विमानस्थल सफाइकाे काम हुँदै

पढ्नै पर्ने |


विमानमा तीन बँदेल ठाेकिएका थिए,  विमानस्थल सफाइकाे काम हुँदै


सिराज खान
नेपालगञ्ज, कात्तिक १६ गते। नेपालगन्जबाट हुम्ला, सिमकोटका लागि उड्न लागेको  सीता एअरको जहाजसँग तीन वटा बँदेल ठोक्किएका छन् ।
बँदेल ठोक्किदा ठूलो दुर्घटना हुनबाट जहाज जोगिएको छ भने ठोक्किएका बँदेल टुक्रा टुक्रा भएका छन् ।
नेपालगन्ज विमानस्थल कार्यालयका प्रमुख सुवास झाका अनुसार मङ्गलबार बिहान करिब ७ बजेतिर चालक दलका सदस्यसहित १७ जना सवार उक्त जहाज हुम्लाका लागि उड्ने तयारीमा थियो ।
धावन मार्गमा गुडिरहेका बेलामा जहाजको चक्कामा समस्या आएको जस्तो अनुभूति भएपछि पाइलटले जहाज उडाउन रोकेका थिए ।
जहाज रोकेर हेर्दा घटनास्थलमा तीन वटा बँदेल टुक्रा टुक्रा परेको अवस्थामा फेला परेको प्रमुख झाले बताउनुभयो। बँदेलको शरीरका भाग धावन मार्गभरी छरिएका कारण केहीबेर नेपालगन्ज विमानस्थलको उडान बन्द गरिएको थियो ।
अहिले विमानस्थलको धावन मार्गमा रहेको रगत पखाल्ने काम भइरहेको त्यहाँ खटिएका एक सुरक्षाकर्मीले बताए । उक्त जहाजलाई अहिले पार्किङ गरेर राखिएको छ भने यात्रु आफ्नो घरतिर लागेको झाले बताउनुभयो। विमानस्थलमा धेरै झाडी र बुट्यान भएका कारण बेला बेलामा बँदेल जहाजसँग ठोक्किने घटना हुँदै आएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?