logo
२०८१ बैशाख १३ बिहीवार



कर्णालीका मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै, एमाले उपस्थित नहुने

पढ्नै पर्ने |
प्रदेश |


कर्णालीका मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै, एमाले उपस्थित नहुने


मुना हमाल 
सुर्खेत, मङ्सिर १४ गते । कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले आज (मंगलबार) विश्वासको मत लिँदै हुनुहुन्छ । आज बस्ने प्रदेशसभाको बैठकमा मुख्यमन्त्री शाहीले विश्वासको मत लिन लाग्नु भएको हो । प्रदेशसभाको बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ ।
मुख्यमन्त्रीमा नियुक्त भएको ३० दिन भित्र विश्वासको मत लिइ सक्नुपर्ने संवैधानिक व्यवस्था रहेको छ । मुख्यमन्त्री शाही तीन दलीय गठबन्धनको समर्थनमा कात्तिक १६ गते मुख्यमन्त्रीमा नियुक्त हुनु भएको थियो । प्रदेशसभा सचिवालयका सचिव जिवराज बुढाथोकीले विश्वासका मतका लागि शाहीले प्रस्ताव पेश गर्ने कार्यसूचि रहेको जानकारी दिनुभयो ।
नेपाली कांग्रेससहित नेकपा माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) को गठबन्धनमा शाहीको नेतृत्वमा सरकार बनेको हो । कर्णाली प्रदेशसभामा ३५ जना प्रदेशसभा सदस्य रहेका छन् । त्यस मध्य एमालेका १३, माओवादी केन्द्रका १२, नेपाली कांग्रेसका छ र समाजवादीका तीन जना प्रदेश सभा सदस्य रहेका छन् । राप्रपाका एक जना प्रदेशसभा सदस्य रहेका छन् । मुख्यमन्त्री शाहीलाई २१ प्रदेशसभा सदस्यको समर्थन रहेको छ ।
आज बस्ने बैठकमा प्रदेश प्रमुखले प्रदेशसभा बैठक आव्हन गरेको पत्र पठाउने सुनाउने, दलका प्रतिनिधिहरुले आआफ्नो भनाई राख्ने कार्य सूचि रहेको सचिव बुढाथोकीले जानकारी दिनुभयो ।
मुख्यमन्त्रीले आज विश्वासको मत लिए पछि मन्त्रिपरिषद विस्तार गर्ने बताइएको छ । मुख्यमन्त्री शाहीको नेतृत्वमा सरकार गठन भएको एक महिना पुग्न लाग्दा पनि मन्त्रिपरिषद्ले पूर्णता पाउन सकेको छैन् । मन्त्रालयको भागबण्डा नमिल्दा मन्त्रिपरिषद्ले पूर्णता पाउन नसकेको हो । अहिलेसम्म मुख्यमन्त्रीले एक जना मन्त्री मात्र नियुक्त गर्नु भएको छ । उहाँलेसमाजबादीका चन्द्र बहादुर शाहीलाई भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रीमा नियुक्त गर्नु भएको हो ।
तर प्रदेश सभाको बैठकमा प्रमुख प्रतिपक्षी दल एमाले भने उपस्थित नहुने भएको छ । एमाले महाधिवेशनमा सहभागि हुन प्रदेशसभा सदस्यहरु चितवन गएकाले बैठकमा सहभागि हुन नसक्ने एमाले संसदीय दलका प्रमुख सचेतक गुलाबजंगश शाहले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘उहाँलेहरुलाई एमाले महाधिवेशन भएको थाहा थियो । त्यही अनुसार प्रदेशसभा बैठक बोलाउनुपथ्र्यो । अहिले हामी यता छाँै कसरी सहभागि हुने ।’

 

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?