logo
२०८१ बैशाख १५ शनिवार



नेपाली काँग्रेसका तीन सहमहामन्त्री पदको मतगणना सुरु

पढ्नै पर्ने |


नेपाली काँग्रेसका तीन सहमहामन्त्री पदको मतगणना सुरु


काठमाडौं,पुष १ गते । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत तीन सहमहामन्त्री पदको मतगणना सुरू भएको छ । महिला, दलित र आदिवासी जनजाति क्लस्टरको सहमहामन्त्री पदको मतगणना सुरू भएको निर्वाचन समितिका सचिव जगन्नाथ श्रेष्ठले जानकारी दिनुभयो । दलित क्लस्टरको सहमहामन्त्रीमा शेरबहादुर देउवा प्यानलबाट मानबहादुर विश्वकर्मा र शेखर कोइराला प्यानलबाट जीवन परिवार उम्मेदवार रहनुभएको छ । त्यस्तै, गंगा सुनारले स्वतन्त्र उम्मेदवार हुनुहुन्छ ।

महिला क्लस्टरमा शेरबहादुर देउवा प्यानलबाट महालक्ष्मी उपाध्याय ‘डिना’ र शेखर कोइराला प्यानलबाट कमला पन्तले उम्मेदवार दिनुभएको छ । त्यस्तै आदिवासी जनजाति तर्फको सहमहामन्त्रीमा शेरबहादुर देउवा प्यानलबाट भीष्मराज आङ्देम्बे र शेखर कोइराला प्यानलबाट विकास लामा उम्मेदवार हुनुहुन्छ । अरु पाँच सहमहामन्त्री पदको मतगणना भने शुक्रबार हुने श्रेष्ठले जानकारी दिनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?