logo
२०८० चैत्र १६ शुक्रवार

  काँग्रेस सहमहामन्त्री पदकाे मतगणना जारी  



डिना, आङ्देम्बे र परियारको अग्रता, एक घण्टामा परिणाम आउने

पढ्नै पर्ने |
राजनीति |


डिना, आङ्देम्बे र परियारको अग्रता, एक घण्टामा परिणाम आउने


गोरखापत्र अनलाइन
काठमाडौं,पुष १ गते । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत तीन वटा कल्ष्टरतर्फको सहमहामन्त्री पदको मतगणना जारी छ । काँग्रेस केन्द्रीय निर्वाचन समितिका सदस्य यगराज पोखरेलका अनुसार महिला सहमहामन्त्री एक पदका लागि महालक्ष्मी उपाध्याय डिना र कमला पन्तबीचमा डिनाको मतपरिणामले अग्रता पाइरहेका छ ।

सहमहामन्त्री आदिवासी जनजातितर्फ एक पदका लागि भीष्मराज आङ्देम्बे र विकास लामाबीच भएको प्रतिस्पर्धामा आङ्देम्बेले विजयीउन्मुख मत हासिल गरिरहेका छन् ।

सहमहामन्त्री दलिततर्फ एक पदका लागि मान बहादुर विश्वकर्मा, जीवन परियार र गंगा सुनारबीच प्रतिष्पर्धम रहेकोमा परियारको मतले अग्रता पाइरहेको छ ।

ुयी तीनै क्ल्ष्टरको मतबारे ठ्याक्कै यति मत भन्ने भएन । अबको एकघण्टाभित्र परिणाम आउने पोखरेलले बताउनुभएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?