logo
२०८१ बैशाख ६ बिहीवार



भेमाथाङमा 'डिजिपिएस' सर्भे सम्पन्न, तीन सातामा प्रतिवेदन तयार हुने

पढ्नै पर्ने |
राष्ट्रिय |


भेमाथाङमा 'डिजिपिएस' सर्भे सम्पन्न, तीन सातामा प्रतिवेदन तयार हुने
तस्बिर साैजन्य : साेनाम लामा


काठमाडौं,पुस ३० गते । एक साताअघि भेमाङथाङ्मा हिमपातमा परेर फर्किएको एडिविको टोलीले बाँकी रहेको काम शुक्रबार सकेको छ । शुक्रबार विहान हेलिकोप्टर मार्फत गएको पाँच जनाको विज्ञ टोलीले डीजीपीएस (डिफ्रेन्सिलय ग्लोबल पोजिसनल सर्भे)को काम सकेर फर्किएको टोली मध्येका एक जनाले जानकारीले दिनुभयो ।

गत असार १ गते आएको बाढीले पुर्याएको क्षति र त्यहाँको भौगर्भिक अवस्थाको बारेमा अध्ययन गर्न करिब दुई साता अघि एसियाली विकास बैंक (एडीबी)को टोली मेलम्ची नदीको उद्गमस्थल भेमाङथाङ पुगेको थियो । टोलीले त्यहाँ रहँदा माटोको थिकनेस, बगेको माटोको अवस्था र चट्टानको अवस्थितिको विषयमा अध्यययन गरेको थियो । हिमपात परेको र मौसम नखुलेकाले डिजिपिएसको काम सकिएको थिएन । डीजीपीएस सर्भेका लागि खोला कहाँकहाँबाट बगेको छ भन्ने मूल ठाउँ पत्ता लगाउन गरिने काम हो ।
आज उक्त स्थानमा पुगेको टोलीले हिँउमा पुरिएको २० प्रतिशत अध्ययनका सामग्री ल्याउको पनि जनाएको छ । अझै दुई फिट हिँउ नै रहेकाले अरु सामान निकाल्न नसकिएको टोली मध्येका एकले जानकारी दिनुभयो । अवको तीन साता भित्रमा अध्ययनको प्रतिवेदन सार्वजनिक गरिने बताइएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?