काठमाडौं, फागुन ४ गते । सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रको बुधबार बसेको संसदीय दलको बैठकले अमेरिकी आर्थिक सहायता मिलिनियम च्यालेन्ज कर्पोरेशा (एमसीसी) सम्झौताका विषयमा राष्ट्रिय सहमति जुट्नुपर्ने निष्कर्श निकालेको छ ।
सत्ता गठबन्धनको नेतृत्व गर्दै आएको नेपाली काँग्रेसले एमसीसी संसदबाट पारित हुनुपर्नेमा जोड दिदै आए पनि यो यस विषयमा गठबन्धनभित्र छलफल र सहमति नजुटेका कारण संशोधन र परिमार्जन नगरी अगाडि बढाउन नसकिने माओवादी केन्द्रका सचेतक देव गुरुङले बताउनुभयो ।
‘सहमति नजुटे त्यसको विपक्षमा मतदान गर्ने र संशोधन वा परिमार्जन नगरी अगाडि बढाउन सकिँदैन । संसद् सुचारु नगरी कुनै पनि एजेण्डा अगाडि बढ्दैन ।’। गुरुङले बताउनुभएको छ ।
प्रधानमन्त्री एवम् काँग्रेस सभापति शेरबहादुर देउवाले बुधबार बस्न लागेको संसद्को बैठकमा एमसीसी टेबल हुने विश्वास व्यक्त गर्नुभएको थियो । तर गठबन्धनमा रहँदै आएको माओवादी केन्द्रले यस विषयमा राष्ट्रिय सहमति जुट्नुपर्ने निर्णय गरेको हो