काठमाडौं, फागनु ६ गते । सत्ता गठबन्धनको बैठक बस्नु अघि नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नारायणकाजी श्रेष्ठ, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, नेता झलनाथ खनाल र जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवबीच छलफल भएको छ ।
शुक्रबार माओवादी अध्यक्ष प्रचण्ड निवास खुमलटारमा माओवादी अध्यक्ष प्रचण्ड, नेता श्रेष्ठ, एकीकृत समाजवादीका अध्यक्ष नेपाल, नेता खनाल र जसपाक अध्यक्ष यादवबीच छलफल भएको प्रचण्डका प्रेस संयोजक सूर्य किरणले जानकारी दिनुभयो । उहाँहरुबीच एमसीसीका विषयमा छलफल भएको हाे ।
साथै छलफल सकेर उहाँहरु सत्ता गठबन्धन बैठकमा सहभागी हुने लागि बालुवाटार जानुभएको समेत प्रेस संयोजक किरणले बताउनुभयो । सत्ता गठबन्धनको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्दै छ । एमसीसीबारे छलफल गर्न आज पुनः सत्ता गठबन्धनको बैठक बस्न लागेको हो ।