logo
२०८१ मंसिर ८ शनिवार

  संसद कार्यव्यबस्था परामर्श समिति बैठक  



एमसीसीबारे बोल्न चाहना राख्ने सबै सदस्यले बोल्न पाउने, समय पाँच मिनेट

पढ्नै पर्ने |
राष्ट्रिय |


एमसीसीबारे बोल्न चाहना राख्ने सबै सदस्यले बोल्न पाउने, समय पाँच मिनेट


काठमाडौं, फागुन १२ गते । अमेरिकी सहायता परियोजना (एमसीसी)बारे आज संसदमा छलफल मात्र अघि बढ्ने भएको छ । बैठक अघि बसेको संसद कार्यव्यवस्था परामर्श समितिको बैठकमा सहभागी एक सदस्यका अनुसार सदनमा बोल्न चाहने सबै सदस्यले छलफलमा भाग लिन पाउनेछन् । तर  बोल्न चाहने सदस्यलाई बोल्ने समय ५ मिनेट दिइने सहमति भएको उहाँले बताउनुभयो ।एमसीसीबारे सत्ता गठबन्धनका नेताहरूबीच सहमति जुटाउन बिहान गठबन्धनका नेताहरूबीच सिंहदरवारमा छलफल भएकाे थियाे । त्यसपछि  प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच बालुवाटारमा भेटवार्ता भएकाे थियाे । 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?