काठमाडौं, फागुन १५ गते । सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र) ले मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) परियोजना व्याख्यात्मक घाेषणासहित संसदबाट अनुमोदन गर्ने निर्णय गरेको छ ।
आइतबार बिहान पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास खुमलटारमा बसेको पूर्व स्थायी समिति सदस्यहरुको विस्तारित बैठकले यसखाले निर्णय गरेको अध्यक्ष प्रचण्डका स्वकीय सचिव रमेश मल्लले जानकारी दिनुभयो ।
माओवादीले एमसीसीमा सहमति जुटाउने र सत्ता गठबन्धन पनि बचाउने उद्देश्यका साथ यो निर्णय गरेको जनाइएको छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे बस्दैछ । अहिले प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता गठबन्धनको बैठक जारी छ