logo
२०८१ बैशाख ८ शनिवार



सुर्खेतकाे वीरेन्द्रनगरमा मंगलबार साँझ ७ बजेसम्मका लागि कर्फ्यु

पढ्नै पर्ने |


सुर्खेतकाे वीरेन्द्रनगरमा मंगलबार साँझ ७ बजेसम्मका लागि कर्फ्यु
इनेसटमा वीरेन्द्रनगर रहेको प्रहरी बिटमा गरिएको आगजनी ।


मुना हमाल
सुर्खेत, फागुन १६ गते ।  अमेरिकी विकास सहयाेग मिलेनियम च्यालेन्ज कर्पाेरेशन(एमसीसी) विरुद्धमा आव्हान गरेको बन्द अराजक बन्दै गए पछि थप क्षति रोक्न वीरेन्द्रनगरमा कफ्यू आदेश जारी गरिएको छ । जिल्ला प्रशासन कार्यालयले सूचना निकालेर सोमबार बेलुका ८ः१५ देखि मंगलबार साँझ ७ बजेसम्मलाई कफर्यु आदेश जारी गरेको जनाएको छ । जिल्ला सुरक्षा समितिको बैठकले कफ्र्यू लगाउने निर्णय गरेको हो ।
विप्लपसहित छ दल र दुई मोर्चाले आव्हान गरेको बन्द वीरेन्द्रनगरमा साँझतिर अराजक बन्दै गए पछि कफ्र्यू लगाइएको हो । प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजालले वीरेन्द्रनगर तनावग्रस्त बन्दै गए पछि कफ्र्यू जारी गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार पूर्वमा धुलियाविट, पश्चिममा बाङ्गेसिमल, उत्तरतर्फ वीरेन्द्रनगर नगरपालिका वडा न ७ र दक्षिणतर्फ लाटीकोइली शिव मन्दिर हुँदै काँक्रेबिहार, देउती बज्यै एंव सुब्बाकुना क्षेत्रसम्म कफ्र्यू जारी गरिएको हो । कफ्र्यू आदेश भएका क्षेत्र भित्र आवतजावत र भेला जम्मा हुन रोक लगाइएको छ ।
बन्दकर्ताहरुले सार्वजनिक स्थल, प्रहरी बिट, वीरेन्द्रनगरमा रहेका पार्टी कार्यालयहरुमा आगजनी तथा तोडफोड समेत गरेका छन् । नेपाली काँग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रको पार्टी कार्यालयमा तोडफोड तथा आगजनी गरेका हुन् । प्रहरी र बन्दकर्ताबिच झडप समेत भएको थियो । प्रहरीले केही बन्दकर्ताहरुलाई पक्राउ समेत गरेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?