logo
२०८१ जेष्ठ ५ शनिवार



काँग्रेसले ‘घरघर जाऔं, काँग्रेस जिताऔं’ अभियान थाल्ने

पढ्नै पर्ने |
राजनीति |


काँग्रेसले   ‘घरघर जाऔं, काँग्रेस जिताऔं’ अभियान थाल्ने


काठमाडौं, फागुन २५ गते । नेपाली काँग्रेसले स्थानीय तह निर्वाचनबारे पार्टीले गर्न लागेको ‘एक महिने’ अभियानाबारे जानकारी दिन पत्रकार सम्मेलनको आयोजना गरेको छ ।
काँग्रेसले स्थानीय तह लक्षित गरेर यही फागुन २९ देखि चैत २९ गतेसम्म ‘घरघर जाऔं, काँग्रेस जिताऔं’ अभियान सञ्चालन गर्दै छ । यही अभियानबारे जानकारी दिन काँग्रेसले आज पत्रकार सम्मेलनको आयोजना गरेको हो ।
काँग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बुधबार दिउँसो ३ बजे पार्टी कार्यालय सानेपामा पत्रकार सम्मेलनको आयोजना गरेको जानकारी दिनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?