logo
२०८१ जेष्ठ ३ बिहीवार

  दृश्य समाचार  



पूर्व कुमारीकाे जीवनयात्रा : सङ्गीत साधनादेखि मिस मङ्गाेलसम्म

पढ्नै पर्ने |
समाज |


पूर्व कुमारीकाे जीवनयात्रा : सङ्गीत साधनादेखि मिस मङ्गाेलसम्म


सिर्जना खत्री, दृश्यमा मनाेजरत्न शाही/केशब गुरूङ्ग  

काठमाडौं, फागुन २५ गते । ललितपुरकी पूर्व कुमारी समिता बज्राचार्य विगतका कुमारीभन्दा भाग्यमानी हुनुहुन्छ । उहाँ कुमारी भएर पनि औपचारिक शिक्षा लिने तेस्रो कुमारी हुनुहुन्छ । उहाँ आठ वर्षको उमेरदेखि १२ वर्षसम्म कुमारी भएर बस्नुभएको थियो ।
काठमाडौं उपत्यकाका नेवार समुदायमा कुमारीलाई जीवित देवताको रुपमा पूजा गरिन्छ । कुमारी पूजा हिन्दू र बौद्ध धर्मावलम्बीले गर्ने गर्दछन् । कुमारीलाई बौद्ध धर्ममा ब्रजदेवीको र हिन्दू धर्मावलम्बीले देवीको रुपमा पूजा गर्ने चलन छ ।


कुमारी भैसकेपछि कुमारी घरमा छुटै नियमको पालन गरेर बस्नुपर्ने हुन्छ । कुमारी कसैसँग बोल्नुहुैँदैन, घरबाट बाहिर जानुहुँदैन, सबैभन्दा पहिले कुमारीले खानुपर्छ भन्ने धार्मिक मान्यता छन् । पहिलेका कुमारीले कसैसँग बोल्न नहुने हुँदा शिक्षा लिँदैनथे । शिक्षा महहत्वपूर्ण हुने भएकोले केही वर्षदेखि कुमारीलाई शिक्षा लिन दिइएको छ । उहाँको रुचि संगीतमा पनि भएकोले कुमारी हुँदा नै उहाँले संगीत पनि सिक्नुभएको थियो ।
उहाँ सरोद बजाउन पोख्त हुनुहुन्छ। उहाँले विभिन्न धुन बजाउनुहुन्छ ।
‘समिता कुमारी भएको बेलामा एक जना शिक्षक दर्शन गर्न आउनुभएको थियो । शिक्षकले यदि समिताले संगीत सिक्ने भए म उहाँलाई संगीत सिकाउछु भन्नुभयो।’,उहाँले भन्नुभयो , ‘मलाई संगीतमा रुचि भएकोले मैले पनि हुन्छ भनेर त्यहीदेखि संगीत सिक्नथालेको ।’
समिता पनि कुमारी हँुदा घरमा नै शिक्षक आएर पढाउनुहुन्थ्यो । उहाँले कक्षा ६ सम्मको पढाई घरबाटनै सक्नुभयो । उहाँ कक्षा अाठमा पहिलोपटक विद्यालय जानुभएको थियो । अहिले स्नातक पहिलो वर्षमा अध्ययनरत हुनुहुन्छ । भविष्यमा एयरहोस्टेज हुने लक्ष्य छ उहाँको । उहाँ २०२१ सालमा मिस मङ्गोल सहभागी भएर कल्चलर एम्बास्डरको सब टाइटल जित्न सफल हुनुभएको छ ।
उहाँ कुमारी हुँदाको अनुभव र सामान्य जीवनमा फर्किएपछि उहाँले कसरी जीवनयापन गर्नुभएको भन्ने विषयमा गोरखापत्र अनलाइनका लागि गरिएको कुराकानी ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?