logo
२०८१ जेष्ठ ५ शनिवार



एमसीसी परियोजना समयमै सम्पन्न गरिनेछ : मन्त्री कार्की

पढ्नै पर्ने |
राष्ट्रिय |


एमसीसी परियोजना समयमै सम्पन्न गरिनेछ : मन्त्री कार्की


सिराज खान
नेपालगञ्ज, फागुन २९ गते । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले एमसीसी परियोजनालाई निर्धारित समयमै सम्पन्न गर्नुपर्नेमा विशेष जोड दिनुभएको छ । उहाँले यो परियोजनालाई समयमै पुरा गर्न सकियो भने दातृ राष्ट र निकायको ध्यान नेपालतर्फ केन्द्रित हुने र विकासका धेरै परियोजना भित्रिन सक्ने बताउनुभयो ।
नेपाल प्रेस युनियन बाँकेले आइतवार नेपालगञ्जमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै मन्त्री कार्कीले एमसीसीका बारेमा फैलाईएका अनावश्यक भ्रम र प्रचारलाई चिर्ने कार्य पत्रकारहरुले गर्नु पर्ने बताउनुभयो ।
उहाँले विश्वका ४६ देशमा लागु भएको एमसीसी परियोजनाले ती देशमा धेरे आर्थिक परिवर्तन भैसकेको र कुनै पनि देशमा अमेरिकी सेना नगएको जनाउँदै नेपालमा सो बारेमा विभिन्न अनर्गल प्रचारहरु गरिएको बताउनुभयो ।
नेपालको जलविद्युत आयोजना र सडक विस्तारका लागि एमसीसी कोशेढुंगा साबित हुने जनाउँदै उहाँले अब सरकार कार्यान्वयनमा लाग्ने बताउनुभयो ।
संविधान रक्षाका लागि विशेष परिस्थितिमा निर्माण गरिएको हालको सत्ता गठबन्धन तीनवटै तहको निर्वाचनसम्म जारी रहने जनाउँदै सरकारका प्रवक्ता मन्त्री कार्कीले निर्वाचनको गठबन्धनका लागि छलफल अगाडि बढेको बताउनुभयो ।
वर्तमान सरकारले राजनीतिक स्थिरतासंगै आर्थिक विकासलाई विशेष महत्व दिएर काम गरिरहेकोले त्यसका सकारात्मक परिमाण देखिन थालेको पनि उहाँले बताउनुभयो ।
सरकारले सानो समयमा संविधान र लोकतन्त्रको रक्षाका साथै जनताका चाहना र आकाङ्क्षा पनि पूरा गर्न विभिन्न उल्लेखनीय काम गरेको मन्त्री कार्कीको भनाइ थियो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?