logo
२०८१ बैशाख १४ शुक्रवार



एमसीसी पारित हुनाले अन्तर्राष्ट्रिय सम्बन्ध विस्तार भएको छ : मन्त्री कार्की

पढ्नै पर्ने |
प्रदेश |


एमसीसी पारित हुनाले अन्तर्राष्ट्रिय सम्बन्ध विस्तार भएको छ : मन्त्री कार्की


गोकुल भुजेल
भोजपुर, चैत ३ गते । नेपाल सरकारका प्रवक्ता एंव सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आगामी स्थानीय तहको निर्वाचन बैशाख ३० गते नै हुने बताउनु भएको छ । भारत सरकारको आर्थिक अनुदानमा भोजपुर जिल्लाको षडानन्द नगरपालिका ७ दिंग्लामा निर्माण भएको महात्मा गान्धी अस्पताल भवनको उद्घाटन गर्दै मन्त्री कार्कीले सो कुरा बताउनुभएको हो ।

उहाँले अमेरिकी विकास सहायता मिलेनियम च्यालेन्ज कर्पाेरेशन (एमसीसी) पारित भए पछि यसले नेपालकाे अन्तराष्ट्रय सम्बन्ध थप विस्तारित भएकाे बताउनुभयाे । 
. सञ्चारमन्त्री कार्कीले उत्तरी क्षेत्रका स्थानीयले स्वास्थ्य क्षेत्रमा भोगेको दुःख अब हट्ने बताउँदै उहाँले विगतमा सिटामोल जस्ता आधारभूत औषधिको अभावमा दुर्गम क्षेत्रका नागरिकले मृत्यु झेल्नु परेको स्मरण गर्दै विगतमा प्रसूति सेवा नहुँदा शिशु जन्माउन ठूलो समस्या हुने गरेको बताउनुभयो । उहाँले भन्नुभयो ‘अस्पताल निमार्णको क्रममा भएका विभिन्न वाधा अवरोधले अस्पताल बन्न समस्या हुन्छ की भन्ने थियो तर स्थानीयहरुकै पहलमा आज अस्पताल बन्दा आफु खुशी भएको छु ।’
त्यस्तै षडानन्द नगरपालिका सगैँ समग्र जिल्लालाई केन्द्रीय विद्युतीकरण काम पनि आफनो पालामा भएको बताउँदै
देशमा अहिले गरिबीको अन्त्य गर्नु पहिलो प्राथमिकता रहेको बताउनुभयो ।
मन्त्री कार्कीले भारतले नेपालको विकास, निमार्ण र उन्नतिका लागि सहयोग गर्दै आएको उल्लेख गर्दै त्यसका लागि भारतको महत्वपूर्ण भूमिका रहने समते मन्त्री कार्कीले बताउनुभयो ।
त्यस्तै नेपाललाई भारत सरकारले प्रत्येक बर्ष शिक्षा, स्वास्थ्य, खानेपानीका लागि करिब चार अर्बभन्दा बढी अनुदान दिएको बताउनुभयो ।
उहाँले भन्नुभयो, भारत नेपालको छिमेकी मुलुक भएकाले भारतसगँ भातृत्वको सम्बन्ध रहेको छ । पूर्वाधार निर्माण, महेन्द्र राजमार्ग, पोखरा रंगशाला, बीर अस्पताल, बीपी अस्पताललगायतका योजनाले नेपालीको जीवन परिवर्तनमा धेरै महत्वपूर्ण भूमिका खेलेको छ ।
विकास विनाको राजनीतिले देश र समाजको परिवर्तन नहुने समेत उहाँले बताउनुभयो ।
। त्यस्तै सोहि अवसरमा नेपाल चिकित्सक संघका अध्यक्ष डा. लोचन कार्कीले १० लाख बराबरको स्वास्थ्य सामग्री प्रदान गर्ने प्रतिबद्धता जनाएको  उहाँले बताउनुभयो ।
साथै मन्त्री कार्कीले संसदबाट पारित भएको एमसीसीले अन्तर्राट्रिय क्षेत्रमा सम्बन्ध विस्तर गरेको बताउनुभयो । साथै उहाले राजनैतीक सहमतीमा एमसीसी पास भएकाले यसलाई प्रभावकारी कार्यान्वयका लागी सबैको भूमिका रहने समेत बताउनुभयो ।

उक्त कार्यक्रममा बोल्दै भारतीय राजदूतावास काठमाण्डौँ नियोगका उपप्रमुख नाम्ग्या सी. खाम्पाले आफू भोजपुर आउँदा धेरै खुशी भएको उल्लेख गर्नुभयो ।
त्यस्तै षडान्नद नगरपालिकाका मेयर विरवल राईले नगरवासीले नवनिर्मित अस्पतालबाट तत्काल सेवा लिन सुरु हुने बताउनुभयो । साथै अस्पतालका लाखि आवश्यक पर्ने स्वास्थ्य सामग्री, औषधि लगायत सम्पूर्ण पक्षको व्यावस्थापन नगरपालिकाले गर्ने समेत प्रतिबद्धता जनाउनुभयो ।
भारत सरकारको दुई करोड ४५ लाख रुपिायको लागतमा निर्माण सम्पन्न १५ शैयाको अस्पताल साविकको जिल्ला विकास समितिको कार्यालय भोजपुरले २०७५ मसिर २८ गते षडानन्द नगरपालिकालाई हस्तारन्तरण गरेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेशविक्रम बस्नेतले जानकारी दिनुभयो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?