logo
२०८१ बैशाख १४ शुक्रवार

  दृश्य समाचार  



रङ्गसँगै साटियाे खुसी

पढ्नै पर्ने |
समाज |


रङ्गसँगै साटियाे खुसी


दृश्यमा मनाेजरत्न शाही/केशब गुरूङ्ग
काठमाडौं,चैत्र ३ गते । राजधानीका साघुँरा गल्लीमा थाकका थाक कपडा अन्य बेच्न बस्ने असन, खिचापोखरी,महाबौद्धका लगायतका सटरहरु आज बन्द छन् । सडकपेटीमा सदाझैँ बस्ने फुटपाथ पसलेहरु छैनन् ।

झोलामा भर्खरै सपिङ् गरेका कपडा र अन्य बोकेर हिँडेका श्रीमान/श्रीमती,गृहिणी,छोराछोरी, युवायुवतीको भीड छैन । भीड छ त केवल अनुहारमा विभिन्न रङ बोकेर हाँसिरहेका अनुहार । भीड छ त हातमा रङ बोकेर रङ्सँगै खुसी साटासाट गरिरहेका युवायुवतीको ।
सधैँ फरक खालका मान्छेको भीड हुने बसन्तपुर क्षेत्र आज सेता कपडा लगाएका युवायुवतीले भरिएकाे थियाे । विभिन्न सामानमा बार्गेनिङ् गरिरहने न्यूरोडका पसहरुमा ताल्चा लागेका छन् । बरु कतिपय घरबाट स्पीकरको आवाज सुनिएको छ । जसबाट झुम्न मिल्ने संगीग सुन्न निस्किएको छ ।
बसन्तपुर क्षेत्र परिसरमा पनि संगीतसँगै पानीको फोहोरासँगै युवायुवती झुम्दै गरेका देखिन्थे । जहाँ विभिन्न रङ्गसँगै  खुसीको साटासाट गरिएको थियाे ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?