logo
२०८१ बैशाख २२ शनिवार



संवैधानिक आयोगका ५२ पदाधिकारीको नियुक्ति विरुद्धको मुद्दा हेर्दाहेर्दैमा

पढ्नै पर्ने |
राष्ट्रिय |


संवैधानिक आयोगका ५२ पदाधिकारीको नियुक्ति विरुद्धको मुद्दा हेर्दाहेर्दैमा


काठमाडौँ, चैत ४ गते । केपी शर्मा ओली नेतृत्वको सरकारले विभिन्न संवैधानिक आयोगमा गरेको नियुक्तिको विरुद्धको मुद्दामा आजको संबैधानिक इजलासले हेर्दा हेर्दैमा राखेकाे छ 
सर्वोच्च अदालतको आजको पेसीसूचीमा रहेकाे सो मुद्दाको हेर्दा हेर्दैमा राखिएकाे छ । 
संवैधानिक आयोगका ५२ पदाधिकारीको नियुक्तिविरुद्धको मुद्दाको प्रारम्भिक सुनुवाइ आज  भएकाे थियाे । तत्कालीन नेकपाभित्रको आन्तरिक विवादका कारण संवैधानिक अयोगका पदाधिकारीको नियुक्तिका लागि बोलाइएको संवैधानिक परिषद्को बैठकमा सभामुख अग्नि सापकोटा र तत्कालीन प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा अनुपस्थित भएपछि ओली नेतृत्वको सरकारले संवैधानिक परिषद ऐन अध्यादेशमार्फत परिवर्तन गरी उपस्थित सदस्यको बहुमतले नियुक्ति सिफारिस गर्न मिल्ने प्रावधान राखी सो नियुक्तिको सिफारिस गरेको थियो ।

। संवैधानिक इजलासमा कामु प्रधानन्यायाधीश दीपककुमार कार्की, न्यायाधीशहरू मीरा खड्का, हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ र ईश्वरप्रसाद खतिवडा रहनुभएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?