logo
२०८१ बैशाख २२ शनिवार



कर्णाली प्रदेशसभा सदस्य विष्ट एमाले प्रवेश

प्रदेश |
राजनीति |


कर्णाली प्रदेशसभा सदस्य विष्ट एमाले प्रवेश


मुना हमाल 
सुर्खेत, चैत ६ गते । कर्णाली प्रदेश सभा सदस्य ठम्मरबहादुर विष्टले एमाले प्रवेश गर्नु भएको छ । केही दिन अघि माओवादी केन्द्र परित्याग गर्नु भएका विष्टले आइतबार एमालेमा प्रवेश गर्नुभएको हो ।
उहाँलाई एमालेका वरिष्ठ उपाध्यक्ष पोखरेल, एमाले स्थायी कमिटी सदस्य तथा प्रदेश इन्चार्ज यामलाल कडेललगायतले स्वागत गर्नु भएको थियो ।
उहाँले माओवादी केन्द्र जनता केन्द्रित हुनु भन्दा पनि व्यक्ति केन्द्रित हुन थालेको र जनताको मुद्धाका सवालमा विचलित भएकोले आफुले एमाले पार्टी प्रवेश गरेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘माओवादीले आफूले उठाएका एजेण्डाबाट बिचलित भयो । जनता केन्द्रित हुनु भन्दा पनि व्यक्तितिर केन्द्रित हुन थाल्यो । विपरित एमसीसी पास भयो । मैले माओवादी छोडेर एमालेमा प्रवेश गर्नुका यस्तै धेरै विषयहरु छन् ।’ उहाँले फागुन २७ गते माओवादी केन्द्र परित्याग गरेको र प्रदेश सभा सदस्यबाट राजीनामा दिनु भएको थियो । आइतबार मात्रै माओवादी केन्द्रले उहाँलाई दलको सदस्यताबाट समेत निलम्बन गरेको थियो । प्रदेशसभा सदस्य विष्टसहित माओवादी केन्द्रका प्रदेश कमिटी सदस्यलगायत अन्य कार्यकर्ता तथा अन्य दलहरुबाट पनि पार्टी प्रवेश गरेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?