logo
२०८१ बैशाख १३ बिहीवार



विकास विनाको राजनीतिक खोक्रो हुन्छ : मन्त्री कार्की

पढ्नै पर्ने |
प्रदेश |


विकास विनाको राजनीतिक खोक्रो हुन्छ : मन्त्री कार्की


जयकृष्ण यादव
इनरुवा, चैत्त १३ गते । नेपाल सरकारका प्रवक्ता एवम सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले विकास विनाको राजनीतिक खोक्रो भाषण मात्रै हुने भएकाले देशको विकास गर्न पुँजी निर्माणमा सरकार लागेको बताउनुुभएको छ ।
सुनसरीको सीमावर्ती कोशी गाउँपालिका वडा नम्बर ७ का निर्वाचित वडा अध्यक्ष रामचन्द्र मेहता सहित तीन सय ६५ जना सामूूहिक रुपमा नेपाली काग्रेंस प्रबेश कार्यक्रमलाई सम्बोधन गर्नुुहुुँदै सो कुरा बताउनुुभएको हो । मन्त्री कार्कीले देशको विकास र समृद्धिका लागि पुँजी निर्माणमा सरकार लागि परेको र त्यसै अनुरुप एमसीसी परियोजना भित्रियाएको बताउनुुभयो । उहाँले एमसीसीले देशको विकास र आर्थिक समृद्धिमा योगदान गर्ने भएकाले संसदबाट पास गरेको जानकारी दिनुभयो । उहाँले एमसीसी देशको हितमा रहेकाले कुनै पनि द्विविधामा नपर्न आग्रह गर्नुभयो ।
तत्कालीन संघीय समाजवादी फोरम नेपालबाट निर्वाचित हुनुभएको वडा अध्यक्ष मेहता सहित उक्त पार्टीका दुई सय २५१ नेता कार्यकता र अन्य पार्टीका ११४ गरि तीन सय ६५ जना हरिपुरमा आयोजित पार्टी प्रवेश कार्यक्रममा काग्रेंसमा प्रवेश गरेका हुन् ।
नवप्रवेशी वडा अध्यक्ष मेहता सहितकालाई नेपाली काग्रेंसका केन्द्रिय सदस्य तथा नेपाल सरकारका सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले फुलमाला र टीका लगाएर पार्टीमा स्वागत गर्नुभयो । पार्टी प्रवेश गराउनमा कोशी गाउँपालिकाका अध्यक्ष ऐयुव अन्सारीको विशेष योगदान रहेको भन्दै प्रसंशा गर्नुभयो ।
उहाँले नयाँ पार्टी प्रवेश नभई पुरानो र एतिहासिक पार्टीमा प्रवेश गरेको भन्दै उच्च समान हुने बताउनुभयो । देशमा दिगो विकास, नागरिकको सेवामा सरल, सहज पहुच र राज्यको हरेक सुविधा पाउनुपर्ने भएकाले त्यसलाई सार्थक पार्न काग्रेंसले काम गरेको बताउनुभयो ।
अहिले समृद्धिको बाटोमा लाग्ने समय आएको र भावि सन्ततीलाई विकशित देशको नागरिक बनाउने गहन जिम्मेबारीका साथ काँग्रेंस अघि बढेको बताउनुभयो । उहाँले देशको शक्तीशाली पार्टी, ठूलो पार्टी, बेरोजगारी र अशिक्षाबाट मुक्ती गर्ने पार्टीको रुपमा स्थापित हुने समेत बताउनुभयो ।
पार्टी प्रवेश कार्यक्रममा पार्टी क्षेत्र नम्बर ४ का क्षेत्रीय सभापती तथा कोशी गाउँपालिका अध्यक्ष ऐयुव अंसारी, गाउँ सभापती सुलेमान अंसारी, हरिनगरका अध्यक्ष गफार अंसारी, इनरुवाका प्रमुख राजन मेहता सहितको उपस्थिति रहेको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?