logo
२०८१ बैशाख १३ बिहीवार

  काँग्रेस केन्द्रीय कार्य समितिको बैठक सम्पन्न  



स्थानीय तहमा आवश्यकता अनुरुप गठबन्धनसँग तालमेल गर्ने निर्णय

पढ्नै पर्ने |
राजनीति |


स्थानीय तहमा आवश्यकता अनुरुप गठबन्धनसँग तालमेल गर्ने निर्णय


काठमाडौं, चैत १५ गते । सत्तारुढ दल नेपाली काँग्रेसको चैत ११ गते शुक्रबारदेखि बसेको केन्द्रीय समितिको बैठक मंगलबार सम्पन्न भएको छ । बैठकले स्थानीय परिस्थति र आवश्यकता अनुसार गठबन्धन गरेका दलहरुसँग चुनावी तालमेल गर्ने नीतिगत निर्णय गरिएको पार्टी प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिनुभयो ।

स्थानीय निर्वाचनमा बहुसंख्यक स्थानमा काँग्रेस जिवयी हुने बलियो परिस्थिति र आधार बनेको र जुन–जुन स्थानीय तहमा तालमेल हुने हो त्यहाँ आवश्यक संयन्त्र बन्ने उहाँले बताउनुभयो ।स्थानीय तहका उममेदवारका लागि भने पार्टीको विधानमा उल्लेख भए बमोजिमको मापदण्ड लागू हुने उहाँको भनाई छ ।
‘संविधान निर्माण, कार्यान्वयनको सन्दर्भमा काँग्रेसले प्रस्तुत गरेको सक्षम नेतृत्व, कोरोना महामारीबाट जनताको जीवन रक्षाको पहलकदमी एवम् काँग्रेस सरकारले निर्वाह गरेको प्रभवकारी भूमिका, संयमित राजनीतिक व्यवहार र आशन्न निर्वाचनमा राष्ट्रव्यापीरुपमा बहुसंख्यकरुपमा विजयी हुने आधार तय भएको छ, उहाँले भन्नुभयो । ‘घर–घर जाऔं, काँग्रेस जिताऔं’ अभियानले पनि पार्टीको विजयको आधारलाई थप व्यापक बनाएको उहाँको भनाई छ ।

बैठकले यसअघि फागुन ३० गते सम्पन्न काँग्रेस केन्द्रीय कार्य सम्पादन समितिले गरेको निर्णयहरु अनुमोदन गरेको छ । पार्टी विधान अनुरुप देशव्यापीरुपमा काँग्रेसको सदस्यता र क्रियाशील सदस्यता वितरण प्रारम्भ गर्ने निर्णय पनि गरेको उहाँले बताउनुभयो ।

यसैगरी, वैशाख ३० गतेको स्थानीय निर्वाचनका लागि केन्द्रीय परिचालन समिति गठन गर्ने र यसको जिम्मा उपसभापति पूर्णबहादुर खडेकालाई प्रदान गरिने निर्णय गरिएको छ । प्रवक्ता महतकै संयोजकत्वमा केन्द्रीय प्रचारप्रसार समिति गठन गर्ने निर्णय भएको पनि उहाँले बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?