logo
२०८१ बैशाख १३ बिहीवार



तीन डीआईजीलाई एआईजीमा बढुवा गर्ने मन्त्रिपरिषद्को निर्णय

पढ्नै पर्ने |


तीन डीआईजीलाई एआईजीमा बढुवा गर्ने मन्त्रिपरिषद्को निर्णय
फाइल तस्विर


काठमाडौं, चैत १७ गते । सरकारले तीन जना प्रहरी नायब महानिरीक्षक (डीआईजी)लाई एआईजीमा बढुवा गरेको छ ।

आज बसेको मन्त्रिपरिषद्को बैठकले डीआईजीहरु वसन्त पन्त, धिरजप्रताप सिंह र रवीन्द्र धानुकलाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा गर्ने निर्णय गरेको स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले बताउनुभयो ।

उहाँहरुलाई यस अघि गृह मन्त्रालयको बढुवा सिफारिस समितिले प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा गर्न सिफारिस गरेको भए पनि त्यसविरुद्ध लोकसेवा आयोगमा उजुरी परेपछि नियुक्तिमा ढिलाइ भएको थियो । आयोगले बुधबार सो सिफारिसलाई सदर गरेको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?