logo
२०८१ बैशाख १३ बिहीवार



काँग्रेसले स्थानीय तहमा तत्काल निर्वाचन परिचालन समिति गठन गर्ने

पढ्नै पर्ने |
राष्ट्रिय |


काँग्रेसले स्थानीय तहमा तत्काल निर्वाचन परिचालन समिति गठन गर्ने


काठमाडौं, चैत्र १७ गते । नेपाली काँग्रेसले प्रदेश लगायत विभिन्न तहका साभापतिहरुको संयोजकत्वमा स्थानीय तह निर्वाचन परिचालन समिति अविलम्व गठन गर्ने निर्णय गरेको छ । नेपाली कांग्रेसका उपसभापति एवं स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिका संयोजक पूर्णबहादुर खड्काको संयोजकत्वमा पार्टीको केन्द्रीय कार्यालयमा आज बसेको समितिको बैठकले सो निर्णय गरेको हो ।
बैठकले विभिन्न तहमा विधानमा गरिएको व्यवस्था बमोजिम संसदीय समिति, कार्यसम्पादन समिति, अनुशासन समिति गठन गर्न बाँकी रहेको भए अविलम्व गठन गर्न निर्देशन दिने निर्णय गरेको छ ।
साथै आवश्यक जिम्मेवारी बाँडफाँड गरेर दृढ एकताका साथ निर्वाचन परिचालन अभियानमा सम्पूर्ण समय क्रियाशील हुने समेत बैठकमा निर्णय गरेकाे छ ।

आजको बैठकमा सदस्यहरु डा. प्रकाशशरण महत (पार्टी प्रवक्ता), सुरेन्द्रराज पाण्डे, शंकर भण्डारी, सीता गुरुङ, चिनकाजी श्रेष्ठ, लक्ष्मी परियार, योगेन्द्र चौधरी, सञ्जयकुमार गौतम, मधु आचार्य, जितजंग बस्नेत, नैनसिंह महर, दिलमान पाख्रिन लगायतका नेताहरुले मन्तव्य राख्नु भएको पार्टीद्वारा जरी विज्ञप्तिमा उल्लेख छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?