logo
२०८० चैत्र १५ बिहीवार

  मन्त्रिपरिषद् बैठकका निर्णयहरू  



अरुण–३ जलविद्युत परियोजनाको पहुँच मार्गकाे छुट मुआब्जा वितरण गरिने

पढ्नै पर्ने |


अरुण–३ जलविद्युत परियोजनाको पहुँच मार्गकाे  छुट मुआब्जा वितरण गरिने
तस्बिर ; कबिता थापा


काठमाडौं, चैत १८ गते । प्रधानमन्त्री शेरबहादुर देउवाले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणमा गर्नुहुने भारत भ्रमणमा सहभागी हुने प्रतिनिधिमण्डलको गठन गर्ने तथा भ्रमण स्वीकृत गर्ने निर्णय भएको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सो कुराको जानकारी दिनुभएको हो ।

यसैगरी, बैठकले अरुण–३ जलविद्युत परियोजनाको पहुँच मार्ग अन्तर्गत छ्याङकुटी–दिदिङ खण्डको जग्गाको छुट मुआब्जा वितरण गर्ने गराउने, विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्राकोषको संयुक्त वसन्तकालीन बैठकमा नेपालको सहभागिताका लागि अर्थ मन्त्रीको नेतृत्वमा प्रतिनिधिमण्डल गठन गर्ने, आयोजनाको बहुवर्षीय ठेक्कासम्बन्धी (दोस्रो संशोधन) मापदण्ड, २०७८ स्वीकृत गर्ने र नेपाल–कम्बोडिया टिफा काउन्सिलको प्रथम बैठक भर्चुअल माध्यमबाट आयोजना गर्न स्वीकृत दिने निर्णय भएको छ । त्यस्तै, गोरखापत्र संस्थानको रिक्त महाप्रबन्धक पदमा लालबहादुर ऐरी र न्यूनमत पारिश्रमिक निर्धारण समितिको रिक्त अध्यक्ष पदमा सङ्गीता खड्कालाई नियुक्त गर्ने निर्णय भएको उहाँले बताउनुभयो ।

त्यस्तै, उत्पादनमूलक उद्योगलाई औद्योगिक प्रयोजनको लागि आवश्यक पर्ने कच्चा पदार्थ सुपारी, केराउ र मरिचलाई व्यवस्थित गर्ने सम्बन्धी (पहिलो संशोधन) कार्यविधि, २०७८ स्वीकृत गर्ने, नेपाल प्ररहीको रिक्त तीन अतिरिक्त महानिरीक्षकको पदमा वसन्तबहादुर पन्त, धिरजप्रताप सिंह र रविन्द्रबहादुर धानुकलाई बढुवा गर्ने गरी रिक्त पदमा पदस्थापन गर्ने निर्णय भएको छ ।

सरकारले राष्ट्रिय भूमि आयोग गठन बमाेजिम ४३ जिल्ला अध्यक्ष नियुक्त गर्ने निर्णय गरेको छ । प्रवक्ता कार्कीले राष्ट्रिय भूमि आयोग गठन आदेश २०७८ को दफा ८ को उपदफा १ को खण्ड (क) बमोजिम ४३ जिल्ला अध्यक्ष नियुक्त गर्ने निर्णय भएको जानकारी दिनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?