logo
२०८१ बैशाख १२ बुधवार



भिजिबिलिटीको कमीले आन्तरिक उडान प्रभावित

पढ्नै पर्ने |


भिजिबिलिटीको कमीले आन्तरिक उडान प्रभावित


काठमाडौं, चैत १८ गते । चार दिनदेखि आकाशमा लागेको बाक्लो तुवाँलोका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंबाट आन्तरिक उडान प्रभावित बनेको छ । विमानस्थलका अनुसार भिजिबिलिटी अपुग हुँदा भिएफआर प्रणाली जडित जहाजहरुबाट बिहानैदेखि उडान हुन सकेको छैन । भिएफआरबाट उडान गर्न कम्तीमा पाँच हजार मिटर भिजिबिलिटी हुनुपर्छ ।

तर, बिहानैदेखि भिजिबिलिटी तीन हजार मिटर मात्र रहेपछि देशैभरका ३५ वटामध्ये अन्तर्राष्ट्रिय उडान र आइएफआर प्रणालीको उडान मात्र भइरहेको विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले जानकारी दिनुभयो । बाक्लो तुवाँलोका कारण बिहान ६ः३० बजेदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट देशैभर हुने भिएफआर प्रणालीका आन्तरिक उडान हुन सकेको छैन ।

काठमाडौं विमानस्थलले शुक्रबार दुई सयभन्दा बढी आन्तरिक नियमित उडान तोकेको छ । हाल नेपालमा यती, बुद्ध, श्री, सौर्य, नेपाल एअरलाइन्स, गुण, तारा, समिट र सीता एयरलाइन्सले दैनिक उडान भर्दै आएका छन् । यता ३० विमान कम्पनीले दैनिक ६० वटाभन्दा बढी अन्तर्राष्ट्रिय उडान गर्ने गरेको विमानस्थलको तथ्याङ्क छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?