logo
२०८१ बैशाख १३ बिहीवार



३५ स्थानमा नेपाल बारको मतदान जारी, परिणाम आउन एकसाता लाग्ने

पढ्नै पर्ने |
राष्ट्रिय |


३५ स्थानमा नेपाल बारको मतदान जारी, परिणाम आउन एकसाता लाग्ने
तस्बिर : केशब गुरूङ


काठमाडौं, चैत १९ गते । नेपाल वार एसोसिएसनको नयाँ नेतृत्व चयनका लागि देशभरका ३५ वटा मतदान केन्द्रबाट मतदान शुरु भएको छ । बार एसोसिएसनको २६ औं अधिवेशनबाट नयाँ केन्द्रीय समितिको निर्वाचनका लागि बिहानैदेखि निर्वाचन शुरु गरिएको निर्वाचन अधिकृत सानुभाई शाक्यले जानकारी दिनुभयो ।

वारले फागुन १० गतेदेखि निर्वाचन प्रक्रिया शुरु गरेको थियो । निर्वाचनमा देशभरबाट नौ हजार ५८८ जनाले मतदानमा भाग लिने शाक्यले जानकारी दिनुभयो । नेतृत्वका लागि आठ जनाले अध्यक्षका लागि प्रतिस्पर्धा गरेको छ । अध्यक्ष चयनमा सत्ता गठबन्धनबाट उम्मेदवारी दिनुभएका वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरे र प्रतिपक्षीको तर्फबाट उम्मेदवारी दिनुभएका वरिष्ठ अधिवक्ता बिश्वमणि अधिकारीबीच कडा प्रतिस्पर्धा हुने भएको छ । अध्यक्ष पदका लागि आठ जनाले उम्मेदवारी दर्ता गराएकामध्ये वरिष्ठ अधिवक्ता अमिता लक्ष्मी सैजु, अधिवक्ता उद्धवचन्द्र घिमिरे, उत्तमबहादुर श्रेष्ठ, अनिता जधारी, कमलप्रसाद मलेगो, पृथ्वीनाथ राई रहनुभएको छ ।

त्यसै गरी सातै प्रदेशमा एक जना उपाध्यक्ष विच प्रतिस्पर्धा भएको छ । प्रदेश एक उपाध्यक्षका लागि रोहित कुमार डाँगी, सुरज खत्री, मधेस प्रदेश उपध्यक्षका लागि केशवप्रसाद दास, सुधिरकुमार कर्ण, वागमती प्रदेश उपाध्यक्षका लागि राजेन्द्र शर्मा, डिल्लिराम मैनाली, गणेश गिरी, हर्कबहादुर रावल रहनु भएको छ । यता गण्डकी प्रदेश उपाध्यक्षका लागि भुपेन्द्र खनाल, वीरेन्द्र केसी, लुम्विनी प्रदेश उपाध्यक्षका लागि वासुुदेव ज्ञवाली, पशुपति भण्डारी, महेन्द्रप्रसाद पाण्डेय, कर्णाली प्रदेश उपाध्यक्षका लागि विष्णुप्रसाद तिमिल्सिना, उत्तमप्रसाद आचार्य, सुदुरपश्चिम प्रदेश उपाध्यक्षका लागि चंखबहादुर साउद, तुलाराम गिरी र महिला उपाध्यक्षका लागि रमा श्रेष्ठ, शान्ता पन्त, आशा राई, सानु शाक्य विच प्रतिस्पर्धा हुने भएको हो ।

यता एक जना महासचिव पदका लागि राधेश्याम सुवाल, केदारप्रसाद कोइराला, त्रिलोकबहादुर चन्द, वीरेन्द्रकुमार ठाकुर, उमेशप्रसाद, अन्जिता खनाल, इन्द्रबहादुर अधिकारीबीच निर्वाचन शुरु भएको छ । भने कोषाध्यक्ष पदका लागि जगतबहादुर कार्की, गोविन्द उपाध्याय र भरतबहादुर राउतबीच प्रतिस्पर्धा शुरु भएको छ । अन्य १४ जना सदस्यका लागि ४४ जना बीच निर्वाचनबाटै प्रतिस्पर्धा शुरु भएको हो । देशैभर मतदान भएकाले मतपत्र बाकस आउन समय लाग्ने भएकाले मत परिणाम आउन एक साता लाग्ने निर्वाचन समितिले जनाएको छ ।

 

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?