logo
२०८१ बैशाख १३ बिहीवार

  स्थानीय तह निर्वाचन  



२३ लहरका ७७ प्रकारका मतपत्र : काठमाडौंमा धेरै, डोल्पामा कम

पढ्नै पर्ने |
राष्ट्रिय |


२३ लहरका ७७ प्रकारका मतपत्र :  काठमाडौंमा धेरै, डोल्पामा कम


काठमाडौं, चैत २१ गते । निर्वाचन आयोगले २३ लहर समूहका ७७ प्रकारका मतपत्र छपाइ गर्ने भएको छ । सोमबार नियमित पत्रकार सम्मेलनामा आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले कुल २३ लहर समूहका ७७ प्रकारका एक करोड ९४ लाख मतपत्र छपाइ हुने जानकारी दिनुभएको हो ।

उहाँका अनुसार सबैभन्दा कम १६ लहरको मतपत्र डोल्पाको हुने छ भने सबैभन्दा बढी ५६ लहरको मतपत्र काठमाडौंको हुने छ ।

‘कुल २३ लहर समूहका ७७ प्रकारका एक करोड ९४ लाख थान मतपत्र छपाइ हुनेछन । सबैभन्दा कम १६ लहरको मतपत्र डोल्पाको हुनेछ भने सबैभन्दा बढी ५६ लहरको काठमाडौंका हुनेछन् ।,’प्रवक्ता पौडेलले भन्नुभयो ।

आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका जनक शिक्षा सामग्री केन्द्रमा आजदेखि मतपत्र छपाइ कार्य सुरु हुने उहाँले बताउनुभयो । उहाँका अनुसार पहिला दुर्गम जिल्लाका लागि मतपत्र छपाइ हुने छ । त्यसपछि सुगम जिल्लाका मतपत्र छाप्ने कार्य हुने छ । त्यस्तै कुल मतपत्रमध्ये ८ देखि २५ प्रतिशतसम्म जगेडा मतपत्र छापिने उहाँले बताउनुभयो ।

‘मनाङ‚ हुम्ला‚ जुम्लाजस्ता दुर्गम ठाउँका लागि सुगम ठाउँको भन्दा बढी मतपत्र जगेडा राखेर छपाइ गरिन्छ भने सुगम ठाउँका लागि कम जगेडा राखेर छापिन्छ‚’ प्रवक्ता पौडेलले भन्नुभयो ।

त्यस्तै, आयोगले निर्वाचन तथा मतदाता निर्देशिका, निर्वाचन तालिम व्यवस्थापन सञ्चालन निर्देशिका र मतदान निर्देशिका २०७८ तथा मतगणना निर्देशिका २०७८ आयोगबाट स्वीकृत भइ कार्यान्वयनमा आएको जनाएको छ ।यसैगरी, प्रवक्ता पौडेलका अनुसार एक लाख ८० हजार थान नमुना मतपत्र छापिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?