दशवटा भण्डारगृहमा करिब ३२ लाख मात्रा खोप सञ्चय गर्न सकिने
गोरखापत्र अनलाइन
जेष्ठ २२, २०७८ शनिबार
नेपालमा सरकारी स्तरमा करिब ३२ लाख डोजसम्म खोप भण्डारण गर्ने क्षमता रहेको बताइएको छ । विश्वका अन्य देशको तुलनामा नेपालमा खोप भण्डारण गर्ने क्षमता राम्रो छ ।
नेपालका विभिन्न क्षेत्रमा दशवटा खोप भण्डार सुविधा छ । दुईवटा काठमाडौंसहित आठवटा राजधानी बाहिर रहेका छन् । त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थल र टेकुमा एक एकवटा खोप भण्डारगृह छन् भने विराटनगर, बुटवल, नेपालगञ्ज सुर्खेत, धनगढी, हेटौंडा र पोखरामा छन् ।