दुई लाख ३९ हजारले लगाए दोस्रो मात्रा भेरोसेल खोप
गोरखापत्र अनलाइन
जेष्ठ १३, २०७८ बिहीबार
जेठ २ गतेबाट शुरु भएको दोस्रो चरणको खोप अभियानमा दुई लाख ३९ हजारभन्दा बढी व्यक्तिले भेरोसेल खोपको दोस्रो मात्रा (डोज) लगाएका छन् ।
चीन सरकारले उपलब्ध गराएको भेरोसेल खोप जेठ २ देखि ११ गतेसम्म काठमाडौं, भक्तपुर, ललितपुर, रसुवा, नुवाकोट, सिन्धुपाल्चोक र काभ्रेपलाञ्चोक जिल्लामा दोस्रो चरणको मात्रा (डोज) दिन शुरु गरेको स्वास्थ्य सेवा विभागका खोप शाखा प्रमुख डा. झलक गौतमले बताउनुभयो ।