सामाजिक सञ्जालका हावादारी कुराको पछि लाग्नु हुँदैन
गोरखापत्र अनलाइन
जेष्ठ १३, २०७८ बिहीबार
घरमा बसीरहेका मुटुरोगीहरुको कुरा गर्नुपर्दा पहिलो कुरा त यो समयमा उहाँहरुलाई अझ धेरै सुभाव सल्लाहको आवश्यकता पर्दछ । उहाँहरुलाई कोभिडको बेला अलि बढि जोखिम हुन्छ । घरमा बस्दा उहाँहरुले सामाजिक दुरीको बिशेष ख्याल गरेर बस्नुपर्ने आवश्यकता हुन्छ । बाहिर गइरहने मान्छेसँग नजिक पर्नु हँुदैन । यस्तै पटक पटक साबुन पानीले हात धुने, सेनिटाईजरको प्रयोग गर्ने जस्ता सुरक्षाका मापदण्डहरु त पालना गर्नै पर्छ ।