जनताको अभिमत नै सर्वोपरी र निर्णायक, ताजा जनादेश एक मात्र विकल्प
गोरखापत्र अनलाइन
जेष्ठ १५, २०७८ शनिबार
प्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेको अवस्थामा जनताको अभिमत नै सर्वोपरी र निर्णयक भएको बताउनुभएको छ । १४ औं गणतन्त्र दिवसको अवसरमा सम्बाेधन गर्नुहुँदै प्रधानमन्त्री ओलीले साे कुरा बताउनु भएकाे हाे । प्रधानमन्त्री ओलीले वर्तमान सरकारले विकासलक्षित र जनमुखी कार्यक्रमहरु अघि सार्दा पनि सरकारका कामकारबाहीहरुमा बाधा उत्पन्न गराएर प्रतिनिधिसभा भंग गर्नुपर्ने बाध्यता सिर्जना भएको बताउनुभयो ।