भेरी अस्पतालमा सुरक्षाका लागि २५ सुरक्षाकर्मी खटाइयाे
गोरखापत्र अनलाइन
जेष्ठ १५, २०७८ शनिबार
विभिन्न बहानामा पटक पटक भेरी अस्पतालका चिकित्सक र नर्सहरुमाथि हातपात, कुटपिट तथा दुर्व्यवहार हुन थालेपछि सुरक्षाका लागि अस्पतालमा २५ जना सुरक्षाकर्मीलाई तैनाथ गरिएको छ ।
बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालका अनुसार स्वास्थ्यकर्मीको सुरक्षाको प्रबन्ध मिलाउने भनि आन्दोलनरत स्वास्थ्यकर्मीहरुसँग सहमति भए बमोजिम शनिवारदेखि भेरी अस्पतालमा सईको नेतृत्वमा २५ जना सुरक्षाकर्मीलाई तैनाथ गरिएको बताउनुभयो...