मिस्ट्रीको विद्युत राष्ट्रिय प्रणालीमा, ४२ मेगावाट उत्पादन
गोरखापत्र अनलाइन
बैशाख ३१, २०७८ शुक्रबार
उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा निजी क्षेत्रको लागानिमा निर्माण भएको मिरिट्रीखोला जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् बिहीबारदेखि राष्ट्रिय प्रशारण लाइनमा जोडिएको छ । आयोजनाबाट उत्पादित विद्युत १५ दिन सम्म परीक्षणको रुपमा उत्पादन भए पछि व्यवसायिक उत्पादन हुने आयोजनाले जनाएको छ ।