निषेधाज्ञामा आपूर्ति व्यवस्था सहज बनाउन सरकारको र्यापिड रेस्पोन्स टोली
रासस
बैशाख १५, २०७८ बुधबार
भोलिदेखि हुने निषेधाज्ञाको समयमा अत्यावश्यक वस्तु तथा सेवाको आपूर्ति प्रणालीलाई पुनः सञ्चालन राख्दै व्यवस्थापन गर्न उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले ¥यापिड रेस्पोन्स टोली गठन गरेको छ ।
मन्त्रालयले स्वास्थ्य सुरक्षा, खाद्यपदार्थ तथा दैनिक उपभोग्य वस्तुहरु लगायतको ढुवानी र आपूर्तिमा सहजीकरण गर्न विभिन्न पाँचजना व्यक्तिलाई सम्पर्क अधिकारी तोकेको छ ।