बाटोको नाममा बगर, बिरामी पर्दा डोको, उज्यालो चाहिए टुकी
गोरखापत्र अनलाइन
माघ २५, २०७७ आईतवार
रौतहटको चुरे क्षेत्रका सबै बस्ती नगरपालिकामा पर्छन तर, यहाँका स्थानीयले नगरको सुविधा भने पाउन सकेका छैनन् । वर्षाेंदेखि आधारभुत आवश्यकताका सुविधा पाउन नसकेका चुरे क्षत्रेका बासिन्दाले सास्ती र कष्ट भोग्दै आउनुपरेको छ । नगरपालिका घोषित भए पनि विकास निर्माणमा पछाडि परेका छन,चुरेका बस्ती ।
बारा,मकवानपुर,सर्लाही सीमामा रहेका महादेव डाँडा, चिसापानी, अरुणबस्ती, ईपिलघारी, हिलेखोला, जरुवा डाङडुँगेलगायत दर्जनौं चुरे...