प्रधानमन्त्रीले 'कु' गर्नुभएको हो भन्नु गलत, देशलाई जोगाउनुभएको छ: बिजुक्छे
रासस
पुष ७, २०७७ मंगलवार
नेपाल मजदूर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् भङ्ग गरेर देशलाई ठूलो सङ्कटबाट जोगाएको बताउनुभएको छ । उहाँले प्रधानमन्त्रीले चालेको कदम उपयुक्त र राम्रो भएकाले त्यसको विरोधमा नलागी नयाँ जनादेशमा जानुपर्नेमा जोड दिनुभएको छ ।
वर्तमान राजनीतिक घटनाक्रमका बारेमा रासस प्रतिनिधि रमेश गिरीसँग कुरा गर्दै उहाँले भन्नुभयो, “प्रधानमन्त्रीको कदमले देशलाई खतराबाट रोकेको...