सयपत्रीमा देश आत्मनिर्भर हुँदैः फूल कारोवार घट्दै
रासस
पुष ९, २०७७ बिहीबार
पछिल्ला वर्ष सयपत्रीमा देश आत्मनिर्भर हँुदै गएको छ । गत वर्ष तिहारमा सयपत्रीका २५ लाख माला खपत भएको थियो । यस वर्ष भने बजारमा १५ लाख मात्र मालाको माग थियो । मुख्यगरी तिहारमा प्रयोग हुने सयपत्री, मखमली र गोदावरीमध्ये सयपत्रीका करिब तीन लाख माला भारतबाट ल्याउने गरिएको थियो ।
व्यवसायीले यस वर्ष तिहारमा पात्रो हेरेर व्यावसायिकरूपमा फूल लगाए, उत्पादन पनि राम्रो थियो तर बजार पाएनन् । अहिले स्वदेशमा नै ९५ प्रतिशत फूल उत्पादन...