समाज सुधारको बहस चल्यो,न दाइजो हट्यो,न तडकभडक घट्यो
गोरखापत्र अनलाइन
मंसिर २२, २०७७ सोमबार
प्रदेश २ मा महिला हिंसाको जड रहेको दाइजोप्रथा हटाउनुपर्ने बहसले गति लिए पनि व्यवहारमा न दाइजो हट्यो न विवाह लगायतका सामाजिक काममा हुने तडकभडकमा कमी आयो ।
महिला अधिकारकर्मी रेणु कर्ण भन्नुहुन्छ, प्रदेश २ का सरकारले बेटी पढाउ,बेटी बचाउ अभियानले दाइजो प्रथा घटने आशा जागेको थियो तर व्यवहारमा त्यस्तो देखिएन, झन् दाइजो बढेको छ । दाइजोसँगै तडकभडकका साथ गरिने विवाह पनि टाउको दुखाइ भइरहेको छ । हैसियत अनुसारको विवाहको गर्नुृको...