नेपालकै पहिलो किवि बोट, ३३ वर्षदेखि उत्पादन हुँदै
गोरखापत्र अनलाइन
मंसिर २३, २०७७ मंगलवार
चरिकोट, मंसिर २३ गते । नेपालमा पछिल्लो समय किवि फल निकै लोकप्रिय बन्दै गएको छ । किविलाई फलहरुको राजा भनेर चिनिने भएकाले पनि अहिले यो फल आम मानिसहरूको रोजाइमा पर्न सफल भएको हो । तर यही लोकप्रिय फलको माउ बोट दोलखाको भिमेश्वर नगरपालिका वडा नम्बर–६ सिमपानी स्थित श्यामबहादुर खड्काको घरमा अझँै सुरक्षित छ र वार्षिक उत्पादन भइरहेको छ ।
हेवार्ड जातको ३३ वर्षीय यो किवि बोट नेपालकै पहिलो किवि बोट भएको दाबी गर्दै खड्काले उक्त...