logo
२०८१ बैशाख ७ शुक्रवार

‘पशुपालन गर्ने सोच सानै देखिको हो, लकडाउनले जुरायो’ (फोटो फिचर सहित)

फिचर |
पढ्नै पर्ने |
फोटो फिचर |


2020-11-20-26805


ठाकुरप्रसाद आचार्य 

म्याग्दी, मङ्सिर ५ गते । लकडाउन हाम्रो लागि अवसर बन्यो । सानैदेखिको रुचि र रोजाइको पेशा पशुपालन थियो । तर विभिन्न कारणले पशुपालन व्यवसाय गर्न पाएको थिइँन । लकडाउनले मलाई यो अवसर दिलायो । बेनी नगरपालिका १ रत्नेचौरका युवा दिनेश रावलले सुनाउनुभयो । पशुपालन गर्ने सोच सानै देखिको हो रावलले भन्नुभयो ‘लकडाउनले जुरायो ।’
पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको एक्लेफाँटमा पाँचवर्ष अगाडि रावलका दुई भाइले होटल खोलेका थिए । होटल राम्रोसँग चलेको थियो । आम्दानी पनि राम्रै थियो । तर लकडाउनका कारण होटल व्यवसाय बन्द हुन पुग्यो । रावल दाजुभाई गाउँ फर्किए । होटल व्यवसाय बन्द भएपनि रावल दाजुभाइ हतोसाहित भएनन् ।
कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले गरेको लकडाउन (बन्दाबन्दी) का कारण गाउँ फर्किएका रावल दाजुभाइले पशुपालन गर्ने योजना बनाए । गाउँमै पशुपालन र कृषि गर्ने योजना दाजुभाइले लकडाउनका अवधिमा बुने ।
रत्नेचौरको भुवानेमा चाररोपनी जग्गा भाडामा लिएर रावलका दुईभाइले व्यवसायिक रुपमा भैसीपालन थालेका छन् । रावल पशुपालन तथा कृषि फार्म स्थापना गरी १८ लाख रुपियाँ लगानी गरेका छन् । फार्ममा यतिखेर दुध दिने ७ वटा भैसी र दुईवटा गाई छन् । रावलको फार्मबाट मासिक रुपमा यतिखेर करिब दुईलाख भन्दा बढीको दूध बिक्री हुन्छ ।
भविष्यमा फार्मको क्षमता विस्तार गरी भैंसी र गाई थप्ने योजना रावलले सुनाउनुभयो । राजमार्गको होटल बन्द भएपछि दुई भाइ गाउँ फर्कियौं दाजु रमेश रावलले भन्नुभयो ‘होटलका कामदार सहित केही दिनका लागि गाउँ आएका हामीहरुको सोच परिवर्तन भयो ।’ अहिले बल्ल ठिक पेशा रोजियो रावलले भन्नुभयो ‘लकडाउनले हामीलाई त ठूलो अवसर दिलायो । आफ्नै गाउँठाउँमा ल्याईपु¥यो ।’
दैनिक ७० देखि ८० लिटरसम्म दूध उत्पादन हुने उहाँले बताउनुभयो । जिन्दगीमा भैंसी छोएको पनि थिइँन रावलले भन्नुभयो ‘कामले काम सिकाउँदो रहेछ । अहिले सवै काम गर्दछु ।’ उत्पादित दूध म्याग्दीको सदरमुकाम बेनी र बागलुङ बजारमा बिक्री हुने रावलले बताउनुभयो ।
होटलमा काम गर्ने कामदार पनि सँगै ल्याएका उनीहरुले सुरुमा युटुब हेरेर फार्मको संरचना बनाए । पशुपालन सम्बन्धि कुनै जानकारी नै थिएन रावलले भन्नुभयो ‘युटुब हेरेर संरचना बनाएका हौं ।’ लकडाउनका कारण जान नपाएपछि अनलाइनबाटै भिडियोमा भैसीं हेरेर खरिद गरेको उहाँले बताउनुभयो । सँगै आएका होटलका दुईजना कामदार र परिवार सहित गरी ५ जनाले फार्ममा काम गर्ने गरेको रावलले बताउनुभयो । यहाँ विद्युत र पानीको समस्या छ रावलले भन्नुभयो ।