च्याउ खेतीमा आत्मनिर्भर हुँदै रम्दै महिला (फोटो फिचर)
गोरखापत्र अनलाइन
भाद्र २६, २०७७ शुक्रबार
गाउँमै च्याउ खेती गरेर मनग्य आम्दानी लिन थालेपछि कालिका गापा ३ कटुन्जेमा एक महिला उद्यमी रमेर च्याउ खेतीमा लागेका छन् ।
कालिका गाउँपालिका वडा नं ३ कटुन्जेकी चन्दकुमारी न्यौपानेले गाउँमै च्याउलगायतका तरकारी र फलफुल उत्पादन गर्ने उद्देश्यले मनकामना च्याउ तथा फलफुल उद्योग दर्ता गर्नुभयो । उहाँले ०७४ कार्तिकमा स्थानीय तहमा र ०७४ फागुनमा घरेलुमा व्यवसाय दर्ता गर्नुभयो । च्याउ वर्षभरीमा असार र साउन महिना बाहेक सदैव...