निषेधाज्ञाबारे निर्णय लिन काठमाडौं उपत्यकाका प्रजीअहरू भर्चुअल बैठकमा
गोरखापत्र अनलाइन ,
भाद्र २३, २०७७ मंगलवार
बुधबार रातिसम्म जारी रहने निषेधाज्ञाबारे तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले सुरक्षा निकाय, उद्योगी र व्यापारी, सरकारी चिकित्सकबिच भर्चुअल बैठक सुरु भएको छ । अहिले तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीले सुरक्षा निकाय, उद्योगी व्यापारीसँग भर्चुअल बैठक बसेको काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले जानकारी दिनुभयो ।
आज साँझ तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारी, जिल्ला सुरक्षा समिति र जिल्ला संकट व्यवस्थापन...