logo
२०८१ मंसिर १० सोमवार



नेपाल र घानाबीच कूटनीतिक सम्बन्ध स्थापना

राष्ट्रिय |


नेपाल र घानाबीच कूटनीतिक सम्बन्ध स्थापना


न्यूयोर्क, असोज ९ गते ।  नेपाल र अफ्रिकी मुलुक घानाबीच कूटनीतिक सम्बन्ध स्थापना भएको छ । योसँगै नेपालको कूटनीतिक सम्बन्ध विश्वका १६८ देशमा फैलिएको छ ।

संयुक्त राष्ट्रसङ्घको ७४औँ महासभा बैठकमा भाग लिने सिलसिलामा यहाँ रहनुभएका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र घानाका विदेशमन्त्री शेर्ली आयोरकोरले द्विपक्षीय कूटनीतिक सम्बन्ध स्थापनासम्बन्धी संयुक्त दस्तावेजमा हस्ताक्षर गर्नुभयो ।

राष्ट्रसङ्घको प्रधानकार्यालयमा आज भएको एक सङ्क्षिप्त समारोहमा दुवै देशका विदेशमन्त्रीले उक्त दस्तावेजमा हस्ताक्षर गरेपछि पारस्परिक हित र चासोका विषयमा सहकार्य र साझेदारी गर्ने एवम् व्यापार तथा पर्यटन प्रवद्र्धनका सम्भावनाको खोजी गरिने बताउनुभयो । 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?