logo
२०८१ मंसिर १२ बुधवार



खार्पुनाथमा मतगणना हुन सकेन

राष्ट्रिय |


खार्पुनाथमा मतगणना हुन सकेन


सिमकोट, मङसिर १५ गते । खार्पुनाथ गाउँपालिकामा अहिलेसम्म मतगणना हुन सकेको छैन । उपाध्यक्ष पदका लागि शनिबार सम्पन्न भएको मतदान कार्यको आज बिहान ८ बजेदेखि मतगणना शुरु हुने भनिए पनि विवादका कारण मतगणना हुन नसकेको हो ।

तीनवटै राजनीतिक दलहरुले वडागतरूपमा मतगणना गर्नुपर्ने माग राखेका छन् भने मुख्य निवार्चन अधिकृतको कार्यालयले वडागतरूपमा गणना गर्न नसकिने बताएपछि विवाद भएको हो । बिहान ८ बजे बसेको बैठक बिनानिष्कर्ष टुङ्गिएको थियो । अहिले पुनः सर्वदलीय बैठक बसेर विवाद समाधान गर्ने प्रयास भइरहको छ । पालिकाको उपाध्यक्ष पदमा नेपाली काङ्ग्रेस र नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० को कडा प्रतिस्पर्धा देखिएको छ । खार्पुनाथमा ८५ प्रतिशत मत खसेको छ ।

नेकपा र काङ्ग्रेसबीच विवाद

खार्पुनाथ गाउँपालिका–५ खर्पेलगाउँमा नेकपा र काङ्ग्रेस कार्यकर्ताबीच ढुङ्गामुढा भएको छ । शनिबार उपनिर्वाचनमा मतदान गरिसकेका स्थानीयवासीले आइतबार बिहान नेकपाका नेता तिजबहादुर शाहीको घरमा ढुङ्गामुढा गरेपछि विवाद भएको नेकपाका गाउँ कमिटी अध्यक्ष प्रकाश शाहीले जानकारी दिनुभयो ।

अहिले दुवै पक्षबीच भएको विवाद सामान्य भइसकेको जिल्ला प्रहरी कार्यालय हुम्लाले जानकारी दिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?