logo
२०८२ भाद्र १० मंगलवार



अधिवक्तामाथि आक्रमण गर्नेलाई कारबाही गर्न बार एशाेसिएशनको माग

राष्ट्रिय |


अधिवक्तामाथि आक्रमण गर्नेलाई कारबाही गर्न बार एशाेसिएशनको माग


काठमाडौँ, पुस ४ गते । नेपाल बार एशोसिएशनले वरिष्ठ अधिवक्ता सुनीलकुमार श्रेष्ठमाथि सांघातिक आक्रमण गरेको घटनाका दोषीलाई कारवाही गर्न माग गरेको छ ।

बारका महासचिव लीलामणि पौडेलद्वारा हस्ताक्षरित आज जारी प्रेस विज्ञप्तिमा वरिष्ठ अधिवक्ता श्रेष्ठको ‘ल फर्म’ घेराउ गर्ने काम अभद्र र अमर्यादित मात्र नभएर जीउ ज्यानसमेतमा धावा बोल्ने काम भएकाले दोषीलाई कारवाही गर्न माग गरिएको छ ।

वरिष्ठ अधिवक्ता श्रेष्ठलाई यही पुस २ गतेका दिन प्रतिवादी विजय पाठकका तर्फबाट कानून व्यवसायीको हैसियतले बाँके जिल्ला अदालतमा बहस पैरवी गरेको विषयलाई लिएर मुद्दाका जाहेरवाला पक्षबाट नचिनिएका ५० भन्दा बढी व्यक्तिले हुलहुज्जत गरी हातपात गरेको विज्ञप्तिमा उल्लेख छ ।

नेपालको संविधानको धारा २० (२)ले पक्राउ परेका व्यक्तिलाई पक्राउ परेको समयदेखि नै आफूले रोजेको कानून व्यवसायीसँग सल्लाह लिन पाउने तथा कानून व्यवसायीद्वारा पुर्पक्ष गर्नेको हक हुनेछ भनी व्यवस्था गरेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?