logo
२०८१ बैशाख ८ शनिवार



पर्यटनमा पुगेनन् जनशक्ति

राष्ट्रिय |


पर्यटनमा पुगेनन् जनशक्ति


सीता शर्मा

काठमाडौँ, पुस २१ गते । नेपाल सरकारले सन् २०२० मा २० लाख पर्यटक भिœयाउने लक्ष्य राखेको छ तर त्यो सङ्ख्याको पर्यटकलाई आतिथ्यता दिन चाहिने गुणस्तरीय जनशक्ति भने पर्याप्त छैन । हुन त नेपालमा पर्यटन तथा होटल व्यवस्थापनको अध्यापनका लागि नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथम) र ४० भन्दा बढी कलेजले शैक्षिक कार्यक्रम सञ्चालन गर्दै आएका छन् । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)ले पनि पर्यटन तथा होटल व्यवस्थापनका तालिम कार्यक्रम सञ्चालन गर्दै आएको छ । पछिल्ला वर्षमा यस क्षेत्रका लागि शैक्षिक जनशक्ति उत्पादन बढे पनि अझै पनि गुणस्तरीय जनशक्ति भने पर्याप्त नभएको यस क्षेत्रका विज्ञ बताउँछन् ।
नाथममा झन्डै तीन दशक टुर गाइड प्रशिक्षकका रूपमा काम गरिरहनुभएका कृष्ण खरेलले नेपालमा यो वर्ष भित्रिने २० लाख पर्यटकका लागि गुणस्तरीय सेवा दिने आवश्यक टुर गाइड पर्याप्त नभएको बताउनुभयो । पछिल्लो समयमा नाथमसहित धेरै तालिम प्रदायक संस्थाबाट यस्ता तालिम सञ्चालन भएका छन् तर कतिपयको गुणस्तरमा समस्या छ, यसमा ध्यान दिनुपर्ने उहाँको भनाइ छ । यस क्षेत्रमा उत्पादित जनशक्तिलाई ‘फिल्ड ओरिन्टेड’ बनाउनुपर्ने आवश्यकता औँल्याउँदै टुर गाइड प्रशिक्षक खरेलले थप्नुभयो, टुर गाइडमा नयाँ आउने जनशक्तिलाई व्यावहारिक तालिम दिन आवश्यक छ, नाथमले तालिम दिने गरेको छ तर जति आवश्यकता पर्ने हो अहिलेको अवस्थामा यो मात्र पर्याप्त छैन । उहाँका अनुसार नाथमले उत्पादन गरेको टुर गाइडको सङ्ख्या झन्डै पाँच हजारको हारहारीमा छ । नाथमका कार्यकारी निर्देशक दुर्गादत्त ढकाल आफ्नो संस्थाबाट उत्पादन भएका जनशक्तिमा गुणस्तरको कुनै गुनासो नभएको दाबी गर्नुभयो । उहाँका अनुसार नाथम नेपालमा यस्तो संस्था हो जसले पर्यटन, होटल व्यवस्थापनका विषयमा गुणस्तरीय शैक्षिक वा तालिमका कार्यक्रम सञ्चालन गर्दै आएको छ ।
नाथमबाट उत्पादित जनशक्ति शतप्रतिशत गुणस्तरको भएको दाबी गर्दै उहाँले भन्नुभयो, गुणस्तरमा समस्या नभए पनि भम्रण वर्ष २०२० लाई सफल बनाउन अहिलेको यो मात्रै जनशक्ति पर्याप्त छैन, त्यसैले नाथमले पर्यटकीय क्षेत्र पोखरा, लुम्बिनी, पाल्पा, चितवनलगायतका क्षेत्रमै गएर छोटो अवधिका टुर गाइड, टे«किङ गाइडका तालिम सञ्चालन गरिरहेका छौँ । भम्रण वर्ष सन् २०२० सफल बनाउन जनशक्ति कम भने नभएको उहाँको भनाइ छ ।
उहाँका अनुसार अहिलेसम्म शैक्षिक र विभिन्न तालिम गरेर ५२ हजारभन्दा बढी जनशक्ति उत्पादन गरिसकेको छ । अबको पाँच वर्षमा यो सङ्ख्या दोब्बर वा एक लाख चार हजार पु¥याउने लक्ष्य राखेको छ । उहाँले भन्नुभयो, होटल तथा पर्यटन क्षेत्रमा आवश्यक जनशक्ति उत्पादन गर्न सातवटै प्रदेशमा नाथम स्थापना गरी सञ्चालन गर्नुपर्ने आवश्यकता छ, यस कार्यमा सरकार पनि सकारात्मक छ । त्यसो त नेपालमा पर्यटनका लागि टुर गाइड, टे«किङ गाइडमा औचारिक र अनौपचारिक गरेर डेढ लाखभन्दा बढीले प्रत्यक्ष रोजगारी प्राप्त गरेको बताइन्छ । नाथमका अनुसार उसले अहिलेसम्म शैक्षिक र विभिन्न तालिम गरेर ५२ हजारभन्दा बढी जनशक्ति उत्पादन गरिसकेको छ । अबको पाँच वर्षमा यो सङ्ख्या दोब्बर बनाउने लक्ष्य राखिएको छ ।
सात प्रदेशमा नाथम खोल्न सरकार सकारात्मक
सन् २०२० र त्यो भन्दापछि भित्रिने पर्यटकलाई गुणस्तरीय सेवा दिने गरी सातै प्रदेशमा नाथम खोल्ने तयारी भएको छ । कार्यकारी निर्देशक ढकाल यसलाई सात प्रदेशमा विस्तार गर्न सरकार सकारात्मक रहेको बताउनुहुन्छ । उहाँले यो वर्ष सातै प्रदेशमा नाथमका शाखा विस्तार गर्न नसके पनि केहीमा विस्तार हुने जानकरी दिनुभयो । मन्त्रालयअन्तर्गत सञ्चालित नाथमलाई विश्वविद्यालयमा रूपान्तरण गरी सोहीअन्तर्गत प्रतिष्ठान खोल्ने तयारी गरेको मन्त्रालयले जनाएको छ । कार्यकारी निर्देशक ढकालले नाथमलाई पर्यटन तथा होटल व्यवस्थापन क्षेत्रको दक्षिण एसियाकै उत्कृष्ट शैक्षिक तथा तालिम गन्तव्य बनाउने योजनाका साथ यसलाई विश्वविद्यालयका रूपमा रूपान्तरणको तयारी भएको बताउनुभयो । पर्यटन तथा होटल विधामा आवश्यक जनशक्ति उत्पादन गर्ने ध्येयका साथ वि.सं. २०२९ मा स्थापित नाथमले सो क्षेत्रमा विभिन्न तहमा अध्ययन अध्यापन तथा तालिम सञ्चालन गर्दै आएको छ ।

अध्ययन गरेका ७० प्रतिशत विदेशिने
नेपालमा पछिल्लो पटक गरिएको श्रम सर्वेक्षणअनुसार होटल तथा टुरिजम पढेका झन्डै ७० प्रतिशत जनशक्ति विदेशिएको पाइन्छ भने टुर गाइडको तालिम गरेका ५० प्रतिशत विदेश गएका छन् भने टे«किङलगायत र टुरिजमसम्बन्धी अन्य तालिम गरेका एक तिहाइ जनशक्ति विदेश गएको पनि सोही सर्वेक्षणले देखाएको छ ।

नौमध्ये एक जना होटलमा
होटल व्यवस्थापन अध्ययनपश्चात् होटल उद्योगमा मात्र नभई पर्यटन उद्योगकै अन्य क्षेत्र (जस्तैः ट्राभल, ट्रेकिङ), बीमा, वित्तीय संस्था, अस्पताललगायत विभिन्न निजी एवं सरकारी सेवामा पनि यसको ठूलो माग छ । सीधै रोजगार बजारमा प्रवेश गर्न सकिने भएकाले पनि यसप्रति आमविद्यार्थीको आकर्षण बढ्दो छ । नेपालमा होटल व्यवस्थापन पढेका विद्यार्थीले आन्तरिक पर्यटन बजारका अतिरिक्त विदेशमा समेत सहजै रोजगारी पाइरहेका छन् । नेपालमा प्रत्येक नौमध्ये एक रोजगारी होटल व्यवसायमा रहनुले पनि यस क्षेत्रमा रोजगारीको सम्भावना स्पष्ट पारेको छ । साथै, विदेशमा उच्च अध्ययनका लागि यस किसिमको प्राविधिक शिक्षा पढेका विद्यार्थीले सहजै ठूला विश्वविद्यालयमा भर्ना पाउने र अति प्रतिस्पर्धी विकसित मुलुकमा समेत रोजगारी पाउने गरेका छन् ।

विश्वभरि १० करोड बढीलाई रोजगारी
वल्र्ड टुरिजम अर्गनाइजेसन (यूएनडब्ल्यूटीओ)का अनुसार विश्वभरको आतिथ्य सत्कार (पर्यटन) उद्योगको लगानी २ दशमलव २ ट्रिलियन अमेरिकी डलर बराबरको छ । यसले हाल विश्वभर १० करोड वा (१०१ मिलियन) रोजगारी सिर्जना गरेको छ । विश्वभरका मानिसको घुमफिर गर्ने र बिदा मनाउने संस्कृतिमा भइरहेको विकाससँगै पर्यटन उद्योगको आकार र सम्भावना पनि बढ्दो छ । संसारको सबैभन्दा ठूलो सङ्ख्यामा रोजगारी रहेको क्षेत्र पनि सेवा व्यवसाय नै हो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?