logo
२०८१ बैशाख २५ मंगलवार



भ्यु टावर निर्माण अलपत्र

राष्ट्रिय |


भ्यु टावर निर्माण अलपत्र


सीता शर्मा

काठमाडौँ, माघ १४ गते । काठमाडौँको पुरानो बसपार्कमा बन्न लागेको अत्याधुनिक सुविधा सम्पन्न ‘काठमाडौँ भ्युटावर’ को निर्माणले गति लिन सकेको छैन । निर्माण कम्पनीले निर्माण कार्यलाई प्राथमिकता नदिँदा काठमाडौँ महानगरपालिकाको महìवाकाङ्क्षी आयोजना मानिएको टावर निर्माण कार्यले सम्झौता भएको साढे तीन वर्षसम्म पनि निर्माण कार्यले गति लिन नसकेको हो । निर्माण कम्पनीले भने यसअघि कहिले भूकम्प र कहिले अत्याधुनिक निर्माण उपकरण अभावका कारण देखाउँदै विगतमा रोकिए पनि पछिल्लो पटक टावर निर्माण कार्यले गति लिएको दाबी गर्दै आएको छ ।
काठमाडौँ महानगरपालिका र टावर निर्माण कम्पनी जलेश्वर (स्वच्छन्द बिकोई कम्पनीबीच टावर निर्माण गर्ने बारेमा २०७१ सालमा भदौमै सम्झौता भए पनि कार्यदेशसहित सम्झौता २०७३ साउनमा सम्पन्न भएको हो । महानगरपालिका र निर्माण कम्पनीबीच भएको सम्झौतामा पाँच वर्ष (२०७८) असारभित्रै भौतिक संरचना निर्माण गरिसक्नुपर्ने उल्लेख छ । सम्झौता अनुसार २०७८ असार महिनाभित्र टावरको भौतिक संरचना निर्माण गरेर टावर व्यावसायिक प्रयोजनका लागि प्रयोग गरिसक्नुपर्ने छ तर अहिले निर्माण भइरहेको गतिले तोकिएको अवधिमा निर्माण सम्पन्न हुने अवस्था देखिँदैन । महानगरपालिकाका सार्वजनिक निजी साझेदारी एकाइका निर्देशक ध्रुव काफ्लेले टावर निर्माण कार्य जुन गतिमा हुनुपथ्र्योे त्यो हुन नसकेको स्वीकार गर्नुभयो । उहाँले भन्नुभयो, टावर निर्माणको अहिलेसम्मको गति हेर्दा तोकिएको समयावधिभित्र सम्पन्न हुने सङ्केत देखिँदैन, तोकिएको समयमा सम्पन्न गर्न निरन्तर दबाब दिँदै आएका छौँ । निर्माण कम्पनीले तोकेको समयभित्र सम्पन्न गर्ने हो भने अबको एक वर्ष पाँच महिनामा सम्पन्न गरिसक्नुपर्छ तर अहिलेको निर्माणको गति हेर्दा त्यो अवस्था देखिँदैन, उहाँले थप्नुभयो ।
ठेकेदार कम्पनीले भने जमिनमुनिको धेरै अप्ठ्यारो काम लगभग सम्पन्न भइसकेको र माथिको काम सजिलो हुने भएकाले तोकिएको अवधिमा काम सकिने दाबी गर्दै आएको छ । यस्तै सम्झौता अनुसार वैकल्पिक बसपार्कका रूपमा राखिएको÷गरिएको खुलामञ्चबाट २०७६ साल साउनभित्र पुरानो बसपार्कमा सारिसक्नुपर्ने छ ।
निर्माणका लागि सात अर्ब लागत लाग्ने अनुमान गरिएको उक्त टावर निर्माणपछि महानगरको भौतिक समृद्धि वृद्धि हुने र पर्यटनलगायतका क्षेत्रमा सकारात्मक प्रभाव पर्ने विश्वास गरिएको छ । झन्डै २४ रोपनी क्षेत्रफलमा निर्माण हुने टावर २९ तलाको बनाउने लक्ष्य राखिएको भए पनि हाललाई १२ तलासम्म निर्माण गरिने भनिएको छ । भूकम्पपछि लागू भएको मापदण्डले सहरी क्षेत्रमा निर्माण हुने टावरहरू १२ तलामा भन्दा माथिको बनाउन रोक लगाएको छ । महानगरपालिका अनुसार अहिलेसम्म टावरको १२ तला मात्रैको नक्सा पास भएको छ ।
नाफामूलक भन्दा सेवामूलक कार्यका लागि निर्माण गरिने बहुउद्देश्यीय टावरमा मनोरञ्जन हल, बैङ्क तथा वित्तीय कारोबार गर्ने स्थान, स्वास्थ्य सेवा प्रवाह गर्ने स्थान, रेस्टुरेन्ट तथा पुस्तकालय हुने जानकारी गराइएको छ ।महानगरपालिका अनुसार सार्वजनिक निजी साझेदारीका विभिन्न ढाँचामध्ये संरचना निर्माण, सञ्चालन र त्यसपछि हस्तान्तरण गर्ने विधिमार्फत ३० वर्ष टावर निर्माण पक्षले सञ्चालन गरेर महानगरलाई हस्तान्तरण गर्नेछ ।  

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?