logo
२०८१ मंसिर १४ शुक्रवार



अख्तियारको पारदर्शीताबारे विधेयकमा उल्लेख गर्न माग

राष्ट्रिय |


अख्तियारको पारदर्शीताबारे विधेयकमा उल्लेख गर्न माग


काठमाडौँ, माघ १९ गते । अख्तियारको पारदर्शीताबारे विधेयकमा उल्लेख गर्न माग

राष्ट्रियसभाको आजको बैठकमा प्रधानमन्त्रीका तर्फबाट स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले प्रस्तुत गर्नुभएको ‘अख्तियार दुरुपयोग अनुसन्धान आयोग (तेस्रो संशोधन) विधेयक, २०७६ माथि विचार गरियोस्’ भन्ने प्रस्तावमा सैद्धान्तिक छलफल भएको छ ।

छलफलमा भाग लिँदै सांसद प्रकाश पन्थले सार्वजनिक पदमा रहेका व्यक्तिले सम्पत्ति विवरण बुुझाउन नपर्ने व्यवस्था गरेकामा उचित नभएको बताउनुभयो । सांसद वृषेशचन्द्र लालले अनुचित कार्यलाई प्रोत्साहन गर्ने गरी प्रावधान ल्याइएको जनाउँदै आयोगको पारदर्शीताबारे विधेयकले बोल्नुपर्ने जनाउनुभयो ।

सांसद प्रमिला कुमारी र जीतेन्द्रनारायण देवले भ्रष्टाचारमुक्त मुलुक बनाउने हो भने आयोगलाई नै कसरी भ्रष्टाचार मुक्त बनाउनुपर्ने बताउनुभयो । तर सांसद ठगेन्द्र प्रकाश पुरीले वियधेक समय सान्दर्भिक भएको उल्लेख गर्नुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?