काठमाडौँ, चैत २६ गते । प्रधानसेनापति पूर्णचन्द्र थापाले भक्तपुरको खरिपाटीस्थित नेपाली सैनिक प्रतिष्ठानमा सञ्चालित ५८औँ समूहको अधिकृत क्याडेट तालीम पूरा गर्ने प्रशिक्षार्थीलाई सहायक सेनानी पदको दज्र्यानी चिह्न (आयुक्त पद) प्रदान गर्नुभएको छ ।
उक्त समूहमा चार विदेशी, १४ महिला र ११४ पुरुष प्रशिक्षार्थी सहभागी हुनुहुन्थ्यो । सोही प्रतिष्ठानमा सञ्चालित ४८आँै समूहको पदिक र हुद्दा अधिकृत क्याडेट तालीमका १८ प्रशिक्षार्थीलाई पनि त्यस अवसरमा सहायक सेनानी पदको दज्र्यानी प्रदान गरियो । मित्रराष्ट्र श्रीलङ्कामा सञ्चालित सोही स्तरको तालीम पूरा गर्ने दुईजना प्रशिक्षार्थी पनि अधिकृत हुनुभएको छ ।
सो अवसरमा प्रधान सेनापति थापाले ५८औँ समूहको अधिकृत क्याडेट तालीममा प्रथम हुने सुरेन्द्रबहादुर बोहरा तथा सि.सं.४८ पदिक र हुद्दा अधिकृत क्याडेट तालीमका सर्वाेउत्कृष्ट प्रशिक्षार्थी सन्तमान श्रेष्ठलाई सम्मानस्वरुप खड्ग प्रदान गरियो ।
महिलातर्फ कृपा अधिकारी र अन्तर्राष्ट्रिय प्रशिक्षार्थीतर्फ केन्याका किप्किरुई राट्टो बेनार्डलाइ उत्कृष्ट अधिकृत क्याडेट सम्मान प्रदान गरियो । समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीले नवआयुक्त अधिकृतलाई पठाउनुभएको सन्देश प्रधानसेनापति थापाले पढेर सुनाउनुभएको थियो ।