logo
२०८१ चैत्र ४ मंगलवार



कोरोनाबाट बाँकेमा थप एकको मृत्यु

प्रदेश |


कोरोनाबाट बाँकेमा थप एकको मृत्यु
सांकेतिक तस्बीर


सिराज खान
नेपालगञ्ज, भदौ १० गते । कोरोनाका कारण बाँके जिल्लामा बुधवार विहान थप एक पुरुषको मृत्यु भएको छ । स्वास्थ्य कार्यालय बाँकेका अनुसार नेपालगञ्ज उपमहानगरपालिका–१ का ३७ बर्षिय पुरुषको कोरोना संक्रमणका कारण बुधवार विहान १ बजेर३० मिनेटमा उपचारकै क्रममा नेपालगञ्ज मेडिकल कलेजको कोहलपुर अस्पतालमा मृत्यु भएको हो ।
स्वास्थ्य कार्यालय बाँकेका कोरोना सम्पर्क व्यक्ति नरेश श्रेष्ठले कोरोनाले गर्दा गम्भीर अवस्थामा पुगेपछि नेपालगञ्ज मेडिकल कलेजको कोहलपुर अस्पतालमा उपचार भैरहेको ती युवकको बुधवार विहान मृत्यु भएको बताउनुभयो ।
उहाँले विरामी फोक्सोको दाँयाबायाँ निमोनिया देखिएको हुँदा उनको अवस्था जटिल बन्दै गएपछि उनलाई भेन्टिलेटरमा राखेर उपचार भैरहेकै अवस्थामा मृत्यु भएको जनाउनुभयो ।
छाती दुख्ने समस्या देखिएपछि परिवारका सदस्यले निजलाई भदौ ८ गते विहान १० बजे नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल, नेपालगञ्जमा भर्ना गरिएको असपतालका सहायक निर्देशक डा. रोमन किदवाईले बताउनुभयो ।
उहाँले कोरोनाको लक्षण देखिएपछि शिक्षण अस्पतालले सोही दिन विहान ११ बजे स्वाब लिएर परीक्षणका लागि भेरी अस्पतालको पिसिआर ल्याबमा पठाएको थियो ।
सहायक निर्देशक डा. किदवाईले मृतकको भदौ ९ गते दिउँसो ३ बजे पिसिआर रिपोर्ट पोजेटिभ आएको बताउनुभयो ।
कोरोना रिपोर्टपछि उनको स्वास्थ्य विग्रिदै गएपछि थप उपचारका लागि नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरको भेन्टीलेटरमा राखेर उपचार गर्ने क्रममा बुधवार विहान १ः३० बजे मृत्यू भएको अस्पतालले जनाएको छ ।
योसँगै बाँकेमा कोरोनाका कारण मृत्यु हुनेको संख्या पाँच पुगेको छ । यसअघि नरैनापुर र नेपालगञ्जका एक एक जना पुरुष तथा कोहलपुर र बैजनाथका एक–एक जना महिलाको मृत्यू भइसकेको छ ।
पछिल्लो समयमा भेटिएका संक्रमितहरुमध्ये धेरै जनामा लक्षण देखिन थालेकोले खतरा बढ्दै गएको चिकित्सकहरुले जनाएका छन् ।
हालसम्म बाँकेमा ८४४ जनामा संक्रमण पुष्टि भएकोमा ६६० जना निको भएर घर फर्किसकेका छन् भने ५ जनाको मृत्यु भएको र १७९ को अझै विभिन्न आइसोलेसन अस्पताल र सेन्टरमा उपचार भैरहेको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?